भूकम्प प्रभावित क्षेत्रका नागरिकलाई नयाँबसपार्कबाट निःशुल्क बससेवा « Khabarhub

भूकम्प प्रभावित क्षेत्रका नागरिकलाई नयाँबसपार्कबाट निःशुल्क बससेवा


१९ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिम क्षेत्रका जनताका लागि निःशुल्क बससेवा सञ्चालन गरेको छ । 

काठमाडौँमा बसोबास गर्दै आएका भूकम्पबाट प्रभावित क्षेत्रका जनतालाई आफ्नो घर जानका लागि सहजता होस् भन्ने उद्देश्यले सो कम्पनीले निःशुल्क बससेवा सञ्चालन गरेको हो । 

कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत विपद्को बेलामा काठमाडौँबाट जाजरकोट र रुकुम पश्चिमका जनतालाई सहज सेवा प्रदान गर्नका लागि निःशुल्क बसको व्यवस्था गरेको बताए ।

जाजरकोट जाने बस काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कबाट आज बिहान र दिउँसो छुट्ने अध्यक्ष केसीले बताउनुभयो । कम्पनीले दुःखद् अवस्थामा दिवङ्गत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।

जाजरकोट र रुकुम पश्चिम क्षेत्रमा जान चाहने यात्रुले सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ । काठमाडौँ– ९८५१०१०५४५, ९८५१२४५९९१, ९८५१०२७२९७, ९८४८१०२३६४ र ९८४१५४१०५०, मुग्लिन–९८४५४७२३८४ दमौली– ९८५६०८९१८० र ९८५६०३६६६४ तथा पोखरा– ९८५६०२०६६६, ९८५६०२७५५८, ९८५६०२५९३८, ९८४७००९७८८, ०६१५७४२९६ र ९८५६०६३०६४ फोन नम्बरमा सम्पर्क राख्न कम्पनीले आग्रह गरेको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  १० : ३६ बजे

लागुऔषध ब्राउन सुगरसहित सुर्खेतमा चार पक्राउ

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध ब्राउनसुगरसहित वीरेन्द्रनगरबाट चार

उज्यालो पार्टीका लागि मधेस प्रदेश महत्त्वपूर्ण : अध्यक्ष घिसिङ

जलेश्वर (महोत्तरी) । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो

सङ्गठनका प्राथमिकताहरू गुणस्तरीय रूपमा सम्पादन गर्नुपर्छ : महानिरीक्षक कार्की

काठमाडौं – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको उपस्थितिमा वार्षिक कार्यसम्पादन सम्झौता

प्राविधिक तथा आर्थिक सहयोग महत्त्वपूर्ण छः पूर्वराष्ट्रपति डा यादव

काठमाडौं – पूर्वराष्ट्रपति डा रामवरण यादवले भारतले नेपाललाई गर्दै आएको

धनुषामा युवती मृत फेला

धनुषा- धनुषाको औरही गाउँपालिकास्थित देउरी परवाहाबाट पौडेश्वर जाने बाटोमा एक