चीनसँग रचनात्मक काम गर्ने अस्ट्रेलियाली प्रधानमन्त्रीको भनाइ | Khabarhub Khabarhub

चीनसँग रचनात्मक काम गर्ने अस्ट्रेलियाली प्रधानमन्त्रीको भनाइ


१९ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

साङ्घाई- अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले चीनसँग ‘रचनात्मक काम गर्ने’ बताएका छन् । आफ्नो मुलुकको सबैभन्दा ठूलो व्यापारिक साझेदार चीनको उच्चस्तरीय भ्रमणको पहिलो दिन आइतबार साङ्घाईमा चीन अन्तर्राष्ट्रिय आयात एक्स्पो (सीआईआईई) को उद्घाटन कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

“मुलुकहरूबीचको रचनात्मक आर्थिक संलग्नताले सम्बन्ध निर्माण गर्न सहयोग गर्छ, यसैले मैले नेतृत्व गरेको सरकारले चीनसँग रचनात्मक रूपमा काम गरिरहनेछ”, अल्बानिजले आफ्नो सम्बोधनमा भने ।

उनले साङ्घाई र बेइजिङमा चार दिन बिताउनेछन् । दुवै मुलुकबीचको अर्बौँ डलरको व्यापारलाई असर गर्ने गरी भएको कूटनीतिक विवादपछि सम्बन्धलाई सुधार गर्ने प्रयास भइरहेको बेला कुनै पनि अस्ट्रेलियाली नेताको यो भ्रमण पछिल्लो सात वर्षमा पहिलो हो ।

अल्बानिज सरकारले प्रशान्त क्षेत्रमा बेइजिङको बढ्दो प्रभावविरुद्ध दबाब दिँदै चीनसँग थप सौहार्दपूर्ण सम्बन्ध खोजेको छ । आइतबार प्रधानमन्त्री अल्बानिजले भने, “एसिया प्रशान्त क्षेत्रको विकास यस्तो लेन्स हो जसको माध्यमबाट हामी भविष्यका बारेमा धेरै देख्छौँ, चीनसँग अस्ट्रेलियाको सम्बन्ध यी सबैमा एउटा महत्वपूर्ण हिस्सा हो ।”

उनले बेइजिङ र क्यानबेराबीच ‘परिक्व सम्बन्ध’ को प्रशंसा गर्दै भने, “यो हाम्रा अर्थतन्त्रहरूको पूरक प्रकृतिसँग उत्साहित छ ।” अल्बानिजले चिनियाँ नेताहरूसँग भेटवार्ता गर्ने र ‘द्विपक्षीय मुद्दाका विषयका साथै साझा चासोका अन्तर्राष्ट्रिय एवं क्षेत्रीय मुद्दाहरूमा गहिरो विचार आदानप्रदान गर्ने’ चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।

“एउटा स्वस्थ र स्थिर चीन–अस्ट्रेलिया सम्बन्ध दुवै मुलुक र नागरिकको आधारभूत हितअनुरूप छ”, मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले भने ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  २ : २८ बजे

संसदीय छानबिन समितिको कार्यादेश तय गर्न कार्यदलको बैठक बस्दै

काठमाडौं– सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) तयार

जलवायु परिवर्तनको क्षेत्रमा बेलायतले नेपाललाई सघाउने

काठमाडौं– संयुक्त अधिराज्यका प्रधानमन्त्री ऋषि सुनकले जलवायु परिवर्तनका क्षेत्रमा नेपाललाई

वीरगञ्ज महानगरद्वारा ४० करोड राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा ३९ करोड

आईपिएलः पहिलो क्वालिफायरमा आज कोलकाता र हैदरावादको भिडन्त

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत मंगलबार पहिलो क्वालिफायरमा

प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूचीमा ?

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।