चीनसँग रचनात्मक काम गर्ने अस्ट्रेलियाली प्रधानमन्त्रीको भनाइ « Khabarhub

चीनसँग रचनात्मक काम गर्ने अस्ट्रेलियाली प्रधानमन्त्रीको भनाइ


१९ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

साङ्घाई- अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले चीनसँग ‘रचनात्मक काम गर्ने’ बताएका छन् । आफ्नो मुलुकको सबैभन्दा ठूलो व्यापारिक साझेदार चीनको उच्चस्तरीय भ्रमणको पहिलो दिन आइतबार साङ्घाईमा चीन अन्तर्राष्ट्रिय आयात एक्स्पो (सीआईआईई) को उद्घाटन कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

“मुलुकहरूबीचको रचनात्मक आर्थिक संलग्नताले सम्बन्ध निर्माण गर्न सहयोग गर्छ, यसैले मैले नेतृत्व गरेको सरकारले चीनसँग रचनात्मक रूपमा काम गरिरहनेछ”, अल्बानिजले आफ्नो सम्बोधनमा भने ।

उनले साङ्घाई र बेइजिङमा चार दिन बिताउनेछन् । दुवै मुलुकबीचको अर्बौँ डलरको व्यापारलाई असर गर्ने गरी भएको कूटनीतिक विवादपछि सम्बन्धलाई सुधार गर्ने प्रयास भइरहेको बेला कुनै पनि अस्ट्रेलियाली नेताको यो भ्रमण पछिल्लो सात वर्षमा पहिलो हो ।

अल्बानिज सरकारले प्रशान्त क्षेत्रमा बेइजिङको बढ्दो प्रभावविरुद्ध दबाब दिँदै चीनसँग थप सौहार्दपूर्ण सम्बन्ध खोजेको छ । आइतबार प्रधानमन्त्री अल्बानिजले भने, “एसिया प्रशान्त क्षेत्रको विकास यस्तो लेन्स हो जसको माध्यमबाट हामी भविष्यका बारेमा धेरै देख्छौँ, चीनसँग अस्ट्रेलियाको सम्बन्ध यी सबैमा एउटा महत्वपूर्ण हिस्सा हो ।”

उनले बेइजिङ र क्यानबेराबीच ‘परिक्व सम्बन्ध’ को प्रशंसा गर्दै भने, “यो हाम्रा अर्थतन्त्रहरूको पूरक प्रकृतिसँग उत्साहित छ ।” अल्बानिजले चिनियाँ नेताहरूसँग भेटवार्ता गर्ने र ‘द्विपक्षीय मुद्दाका विषयका साथै साझा चासोका अन्तर्राष्ट्रिय एवं क्षेत्रीय मुद्दाहरूमा गहिरो विचार आदानप्रदान गर्ने’ चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।

“एउटा स्वस्थ र स्थिर चीन–अस्ट्रेलिया सम्बन्ध दुवै मुलुक र नागरिकको आधारभूत हितअनुरूप छ”, मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले भने ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  २ : २८ बजे

धनुषा प्रहरीद्वारा एकै दिन ४४ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना

दाङमा भेटिए ११ वटा अवैध भरुवा बन्दुक

दाङ – जिल्लाको बङ्गलाचुलीको एक जङ्गलबाट प्रहरीले आज ११ वटा

छात्राहरूमाथि दुर्व्यवहारबारे सुकुनाले भन्यो : पीडितले न्याय पाउनुपर्छ, निर्दोष बदनाम हुनुहुँदैन

मोरङ – मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयमा अध्ययनरत

फेसबुक म्यासेन्जरमा प्राविधिक समस्या

काठमाडौं – मेटा कम्पनीअन्तर्गत सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म फेसबुक म्यासेन्जरमा

होर्मुज सङ्कटले विश्व अर्थतन्त्रमा जोखिम बढाउने चेतावनी

मनिला – संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले होर्मुज जलसन्धिमा