सामाजिक सञ्जालमार्फत ठगी गर्ने युवक पक्राउ | Khabarhub Khabarhub

सामाजिक सञ्जालमार्फत ठगी गर्ने युवक पक्राउ


१९ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


798
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अनलाईन मार्फत ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ घर भई काठमाडौं महानगरपालिका– १३ बस्ने शिरिष श्रेष्ठ रहेका छन् । उनले सामाजिक संञ्जाल फेसबुक, वाट्सएप, इमोलगायतको दुरुपयोग गरी ठगी गरेको प्रहरीको आरोप छ ।

श्रेष्ठले संञ्जालमा साथी बनाइ माया प्रेममा पारी मिलियन डलर,गरगहना,ल्यापटप लगायतका सामानहरु सहितको गिफ्ट पठाएको छु भन्दै ठगी गर्ने गरेका थिए । सामानहरु गिफ्ट पठाएको फोटो, भिडियो पठाइ विश्वास दिलाएर केही समय पश्चात् सोही पार्सल टर्की विमानस्थल, काठमाडौंको अन्तराष्ट्रिय विमानस्थल लगायत देशका भन्सार कार्यालयहरुमा सामान आइपुगेको भन्दै सो पार्सल पाउन कष्टम चार्ज, डेलिभरी चार्ज, इन्सुरेन्स चार्ज जस्ता प्रयोजनमा रकम लिने गरेका थिए । यसरी उनले १९ लाख २५ हजार ठगी गरेको प्रहरीले जनाएको छ ।

श्रेष्ठलाई आवश्यक अनुसन्धान एवं कारवाहीको लागी जिल्ला प्रहरी परिसर टेकु पठाईएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ८ : ४७ बजे

हङकङ सिक्सेस : अफगानिस्तानले नेपाललाई दियो ११३ रनको चुनौती

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगिताको पहिलो खेलमा अफगानिस्तानले

हङकङ सुपर सिक्सेस : राशिद खानको ह्याट्रिक

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालका राशिद खानले

अन्तरदेशीय प्रसारण लाइनको लाभ प्राधिकरणले पनि पाउनेछ : ऊर्जा मन्त्रालय

काठमाडौं– सरकारले नेपाल र भारतबीच निर्माण हुने अन्तरदेशीय प्रसारण लाइनबाट

यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

धवलागिरिमा दुर्लभ पन्छी चिरकालिज भेटिएपछि संरक्षण अभियान

म्याग्दी– यहाँको धवलागिरि गाउँपालिका–३ दर र वडा नं ४ मुदीमा