टी-२० विश्वकपमा छनोट भएको नेपाललाई सुपर ८ सम्मको मौका « Khabarhub

टी-२० विश्वकपमा छनोट भएको नेपाललाई सुपर ८ सम्मको मौका


२० कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टी-२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा यूएईलाई ८ विकेटले पराजित गर्दा नेपाल १० वर्षपछि विश्वकपका लागि छनोट भयो । नेपालले पहिलो पटक सन् २०१४ मा बंगलादेशमा भएको टी-२० विश्वकप खेलेको थियो ।

त्यसयता सन २०१६, २०२१ र २०२२ को विश्वकपमा नेपाल छनोट हुन सकेन् । पछिल्लो विश्वकप छनोटमा त यूएई नै नेपालको बाधक बनेको थियो । तर यस पटक भने यूएईलाई रोकेर नेपाल टी-२० विश्वकपमा पुगेको हो ।

विश्वकपमा छनोट भए पनि नेपालले घरेलु मैदानमा आयोजना भएको एसिया छनोटको उपाधि भने जित्न सकेन् । फाइनल खेलमा नेपाल ओमानसँग सुपर ओभरमा पराजित हुँदा उपाधिबाट बञ्चित भयो । समूह चरणमा ब्यहोरेको हारको बदलासहित उपाधि जित्ने नेपालको योजनामा ओमान बाधक बन्यो र अपराजित रहँदै एसिया छनोटको उपाधि आफ्नो पोल्टामा पार्‍याे ।

तर, कीर्तिपुरको क्रिकेट मैदानमा नेपालको हारमा दर्शक तथा खेलाडी निराश थिएनन् । पहिलो – प्रतिस्पर्धात्मक खेलमा नेपाल ओमानसँग सुपर ओभरमा पराजित भयो । दोस्रो – नेपाल यसअघि नै विश्वकपका लागि छनोट भइसकेकाले दर्शक तथा खेलाडी निराश देखिएनन् । बरु खेलपछिको पत्रकार सम्मेलनमा नेपाली टिमका प्रशिक्षक मोन्टी देशाई तथा कप्तान रोहित पौडेलले आफूहरु अब विश्वकपको तयारीमा जुट्ने बताए ।

विश्वकपमा फेरिएको नियम र अवसर

१० वर्षपछि विश्वकपमा पुनरागमन गरेको नेपालले सन् २०२४ मा वेष्ट इन्डिज र अमेरिकामा हुने टी-२० विश्वकप खेल्नेछ । यसपालिको विश्वकपमा २० राष्ट्रले सहभागिता जनाउने आईसीसीले बताएको छ । जसमध्ये १८ टोलीको टुंगो लागिसकेको छ ।

वेष्ट इन्डिज र अमेरिका आयोजकको रुपमा तथा २०२२ को टी-२० विश्वकपमा शीर्ष आठमा रहेका अष्ट्रेलिया, इंग्ल्याण्ड, भारत, नेदरल्याण्ड्स, न्युजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलंका सिधै छनोट भए ।

टी-२० विश्वकपपछि वरीयतामा माथि रहेर बंगलादेश र अफगानिस्तानले स्थान सुरक्षित गर्दा आयरल्याण्ड, स्कटल्याण्ड, पपुवा न्युगिनी र क्यानडा क्षेत्रीय छनोटबाट आए । अब अफ्रिका महादेशको क्वालिफायर फाइनलबाट दुई टिम आउने छन् ।

२० टिमको टुंगो लागेपछि चार समूहमा विभाजन गरिनेछ । हरेक समूहमा रहेका देशले ४–४ खेल खेल्ने छन् र समूहका शीर्ष दुई टिम सुपर एटमा पुग्नेछन् । जबकी विगतमा १६ टिममा मात्र हुन्थे ।

शीर्ष आठ टिम सिधै सुपर १२ मा रहन्थे भने ८ देखि १४ नम्बर वरीयतामा रहेका चार र छनोटबाट आएका ४ टिम गरी ८ टिमलाई दुई समूहमा राखेर पहिलो राउण्ड खेलाइन्थ्यो । दुई समूहको शीर्ष दुईमा परेका टोलीले मात्र सुपर १२ खेल्न पाउथे ।

यो पटक नियम फेरिएको छ । टी-२० विश्वकपमा छनोट भएका २० देशलाई ५ वटा समूहमा बाँडिने छ । अर्थात छनोटमा पुगेका सबै टोलीको समान अवस्था हुनेछ र, समूहमा रहेका चार देशसँग खेल्नुपर्नेछ ।

यसले छनोटबाट गएका नेपालसहितका देशलाई माथिल्लो वरीयतामा रहेका ठूलो टिमसँग खेल्न अवसर मात्र दिने छैन, सुपर ८ मा पुग्ने सम्भावना पनि उत्तिकै रहन्छ ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार  ४ : ५६ बजे

कार्यसम्पादनमा विशेष ध्यान दिन महानिरीक्षक कार्कीको निर्देशन

काठमाडौं – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मातहतका

इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर बिहीबार नेपाल आउँदै

काठमाडौँ– संयुक्त राज्य अमेरिकाको इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर एड्मिरल सामुयल पापारो

कर्णालीको स्वास्थ्य सेवा विस्तारका लागि बजेट अभाव हुँदैन : स्वास्थ्यमन्त्री गौतम

जुम्ला- नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले कर्णालीको

गरिखानेहरुको प्रदेश बनाउन शिक्षा प्रणालीमा सुधार गर्छौं : मुख्यमन्त्री बानियाँ

बागमती – बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशलाई गरिखानेहरुको

पूर्वमुख्यमन्त्री शर्मा नेकपाबाट निष्कासित

काठमाडौँ- कर्णालीका पूर्वमुख्यमन्त्री  राजकुमार शर्मा पार्टीबाट निष्काशित भएका छन् ।