टी-२० विश्वकपमा छनोट भएको नेपाललाई सुपर ८ सम्मको मौका | Khabarhub Khabarhub

टी-२० विश्वकपमा छनोट भएको नेपाललाई सुपर ८ सम्मको मौका


२० कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टी-२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा यूएईलाई ८ विकेटले पराजित गर्दा नेपाल १० वर्षपछि विश्वकपका लागि छनोट भयो । नेपालले पहिलो पटक सन् २०१४ मा बंगलादेशमा भएको टी-२० विश्वकप खेलेको थियो ।

त्यसयता सन २०१६, २०२१ र २०२२ को विश्वकपमा नेपाल छनोट हुन सकेन् । पछिल्लो विश्वकप छनोटमा त यूएई नै नेपालको बाधक बनेको थियो । तर यस पटक भने यूएईलाई रोकेर नेपाल टी-२० विश्वकपमा पुगेको हो ।

विश्वकपमा छनोट भए पनि नेपालले घरेलु मैदानमा आयोजना भएको एसिया छनोटको उपाधि भने जित्न सकेन् । फाइनल खेलमा नेपाल ओमानसँग सुपर ओभरमा पराजित हुँदा उपाधिबाट बञ्चित भयो । समूह चरणमा ब्यहोरेको हारको बदलासहित उपाधि जित्ने नेपालको योजनामा ओमान बाधक बन्यो र अपराजित रहँदै एसिया छनोटको उपाधि आफ्नो पोल्टामा पार्‍याे ।

तर, कीर्तिपुरको क्रिकेट मैदानमा नेपालको हारमा दर्शक तथा खेलाडी निराश थिएनन् । पहिलो – प्रतिस्पर्धात्मक खेलमा नेपाल ओमानसँग सुपर ओभरमा पराजित भयो । दोस्रो – नेपाल यसअघि नै विश्वकपका लागि छनोट भइसकेकाले दर्शक तथा खेलाडी निराश देखिएनन् । बरु खेलपछिको पत्रकार सम्मेलनमा नेपाली टिमका प्रशिक्षक मोन्टी देशाई तथा कप्तान रोहित पौडेलले आफूहरु अब विश्वकपको तयारीमा जुट्ने बताए ।

विश्वकपमा फेरिएको नियम र अवसर

१० वर्षपछि विश्वकपमा पुनरागमन गरेको नेपालले सन् २०२४ मा वेष्ट इन्डिज र अमेरिकामा हुने टी-२० विश्वकप खेल्नेछ । यसपालिको विश्वकपमा २० राष्ट्रले सहभागिता जनाउने आईसीसीले बताएको छ । जसमध्ये १८ टोलीको टुंगो लागिसकेको छ ।

वेष्ट इन्डिज र अमेरिका आयोजकको रुपमा तथा २०२२ को टी-२० विश्वकपमा शीर्ष आठमा रहेका अष्ट्रेलिया, इंग्ल्याण्ड, भारत, नेदरल्याण्ड्स, न्युजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलंका सिधै छनोट भए ।

टी-२० विश्वकपपछि वरीयतामा माथि रहेर बंगलादेश र अफगानिस्तानले स्थान सुरक्षित गर्दा आयरल्याण्ड, स्कटल्याण्ड, पपुवा न्युगिनी र क्यानडा क्षेत्रीय छनोटबाट आए । अब अफ्रिका महादेशको क्वालिफायर फाइनलबाट दुई टिम आउने छन् ।

२० टिमको टुंगो लागेपछि चार समूहमा विभाजन गरिनेछ । हरेक समूहमा रहेका देशले ४–४ खेल खेल्ने छन् र समूहका शीर्ष दुई टिम सुपर एटमा पुग्नेछन् । जबकी विगतमा १६ टिममा मात्र हुन्थे ।

शीर्ष आठ टिम सिधै सुपर १२ मा रहन्थे भने ८ देखि १४ नम्बर वरीयतामा रहेका चार र छनोटबाट आएका ४ टिम गरी ८ टिमलाई दुई समूहमा राखेर पहिलो राउण्ड खेलाइन्थ्यो । दुई समूहको शीर्ष दुईमा परेका टोलीले मात्र सुपर १२ खेल्न पाउथे ।

यो पटक नियम फेरिएको छ । टी-२० विश्वकपमा छनोट भएका २० देशलाई ५ वटा समूहमा बाँडिने छ । अर्थात छनोटमा पुगेका सबै टोलीको समान अवस्था हुनेछ र, समूहमा रहेका चार देशसँग खेल्नुपर्नेछ ।

यसले छनोटबाट गएका नेपालसहितका देशलाई माथिल्लो वरीयतामा रहेका ठूलो टिमसँग खेल्न अवसर मात्र दिने छैन, सुपर ८ मा पुग्ने सम्भावना पनि उत्तिकै रहन्छ ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार  ४ : ५६ बजे

ट्रम्पले भने : इरानलाई आणविक सम्झौताबारे निर्णय लिन दुई साताको समय दिन्छौं

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आणविक कार्यक्रमबारे सम्झौता

सातौँ ‘मुन्दुम ट्रेल रेस’ प्रतियोगिता सम्पन्न

भोजपुर – मुन्दुम पदमार्गको प्रवर्द्धनका लागि आयोजना गरिएको सातौँ ‘मुन्दुम

नेपालभर ११औंँ अन्तरराष्ट्रिय योग दिवस मनाइयो

काठमाडौं – अन्तरराष्ट्रिय योग दिवसको ११औंँ संस्करण नेपालका १० सहर

एमालेको राष्ट्रवादी अडानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : ईश्वर पोखरेल

धादिङ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले

एसीसी यू १६ इस्ट जोन कप : नेपालले आइतबार सिंगापुरसँग खेल्ने

काठमाडौं – मलेसियामा आइतबारदेखि एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट