युरोप भ्रमण स्थगित गरेका राष्ट्रपति पौडेल भूकम्प प्रभावित क्षेत्रमा जाने | Khabarhub Khabarhub

युरोप भ्रमण स्थगित गरेका राष्ट्रपति पौडेल भूकम्प प्रभावित क्षेत्रमा जाने


२० कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युरोप भ्रमण स्थगित गरेका राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार विहान भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम जाने भएका छन् ।

गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावित नागरिकहरुको अवस्था बुझ्न राष्ट्रपति मंगलबार विहान त्यस क्षेत्रमा जान लागेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

भूकम्पपछि अवस्था अनुकुल नभएको भन्दै राष्ट्रपति पौडेलले २० कात्तिकदेखि तय भएको आफ्नो युरोप भ्रमण स्थगित गरेका थिए । प्राकृतिक विपतको बेला राष्ट्रपति विदेश भ्रमण जान अनुपयुक्त हुने आवाज उठेपछि पौडेलले युरोप भ्रमण स्थगित गरेका हुन् ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार  ४ : ५२ बजे

इलामको माइखोला चिसापानी खण्डमा जलसतह बढ्यो

काठमाडौं– इलामको माइखोला चिसापानी जलमापन केन्द्रको जलसतह सतर्कता तह पार

बैतडीका दुर्गम भेगमा विद्युत् सेवा विस्तार

बैतडी– बैतडीका दुर्गम तल्लोस्वराड क्षेत्रस्थित शिवनाथ गाउँपालिकामा विद्युत् सेवा विस्तार

ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’

रुपन्देही- बुद्धको जन्मस्थल लुम्बिनी बौद्ध  धर्मावलम्बीका लागि श्रद्धा र आस्थाको

धनुष-मृणालको सम्बन्धको अफवाहलाई मृणालले दिइन् जवाफ

मुम्बई – बलिउड अभिनेत्री मृणाल ठाकुर र दक्षिण भारतीय सुपरस्टार

कानूनसहित पाँचवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न पाँचवटा संसदीय समितिका बैठक बस्दै