विश्वकपमा छनोट भएका क्रिकेट खेलाडीलाई राखेपले जनही १३ लाख दिने « Khabarhub

विश्वकपमा छनोट भएका क्रिकेट खेलाडीलाई राखेपले जनही १३ लाख दिने


२१ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


507
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अमेरिका र वेस्ट इन्डिजले आगामी वर्ष संयुक्त रुपमा आयोजना गर्ने विश्वकप टी–२० क्रिकेट प्रतियोगितामा छनोट हुन सफल नेपाली क्रिकेट टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

राखेप कार्यकारी समितिका संयोजक एवं सदस्य–सचिव टङ्कलाल घिसिङको अध्यक्षतामा आज बसेको बैठकले नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

बैठकले १५ जना खेलाडी, मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक, व्यवस्थापकसहित १९ जनालाई नगद पुरस्कार पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

यही कात्तिक १७ गते मुलपानी क्रिकेट मैदानमा भएको आइसिसी पुरुष टी–२० विश्वकपको एसिया क्षेत्र छनोट सेमिफाइन खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई आठ विकेटले पराजित गर्दै विश्वकपमा स्थान बनाएको थियो ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  ७ : ३८ बजे

थाइल्यान्डमा आम चुनावको मिति फेब्रुअरी–८ लाई तोकियो

एजेन्सी– थाइल्यान्डमा आगामी फेब्रुअरी–८ मा आम चुनावको मिति तय भएको

डा. दीपक भट्ट सुदूरपश्चिम भूगोलबाट केन्द्रीय सदस्यका उम्मेदवार

काठमाडौं- बौद्धिक नेताका रूपमा परिचित डा. दीपकप्रकाश भट्टले नेकपा (एमाले)

राजनीतिक दल र सरोकारवालासँग वार्ता गर्न उच्चस्तरीय संवाद समिति गठन

काठमाडौं– सरकारले विभिन्न राजनीतिक दल र सरोकारवालासँग वार्ता गर्न उच्चस्तरीय

फास्ट एन्ड फ्युरियस-११ मा क्रिस्टियानो रोनाल्डो डेब्यू सम्भावना कति ? 

काठमाडौं– विश्वप्रसिद्ध फुटबल स्टार क्रिस्टियानो रोनाल्डो हलिउडको चर्चित एक्सन फिल्म

नेपाल राष्ट्र बैंक र आईएफसीबीच जलवायु वित्तको रणनीति विकाससम्बन्धी समझदारी

काठमाडौं– नेपाल राष्ट्र बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)बीच जलवायु वित्त