म्याक्सवेलको कीर्तिमानी दोहोरो शतक : अस्ट्रेलिया सेमिफाइनलमा « Khabarhub

म्याक्सवेलको कीर्तिमानी दोहोरो शतक : अस्ट्रेलिया सेमिफाइनलमा


२२ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अस्ट्रेलियाका ग्लेन म्याक्सवेलले कीर्तिमानी दोहोरो शतक प्रहार गरेका छन्। योसँगै अस्ट्रेलियाले विश्वकपको सेमिफाइनलमा स्थान बनाएको छ।

मंगलबार मुम्बईको वानखेडे स्टेडियममा म्याक्सवेलले १२८ बलमा २०१ रन बनाउँदै अस्ट्रेलियालाई ३ विकेटको रोमाञ्चक जित दिलाएका हुन्। अस्ट्रेलियाको शानदार जितसँगै अफगानिस्तानको सेमिफाइनल सम्भावना टरेको छ।

अस्ट्रेलियामाथि हाबी भएको अफगानिस्तानविरुद्ध म्याक्सवेल काफी भएका हुन्। तनावमा रहेको अस्ट्रेलियालाई म्याक्सवेलले एक्लै जोगाए।

९१ रनमा ७ विकेट गुमाएको अस्ट्रेलिया म्याक्सवेल सेमिफाइनलमा पुर्याए। अफगानिस्तानले प्रस्तुत गरेको २ सय ९२ को लक्ष्यलाई भेट्न उनको दोहोरो शतक आवश्यक थियो। उनले त्यो पुरा गरेर कीर्तिमानसमेत बनाए। अफगानिस्तानले म्याक्वेलको एउटा क्याच ड्रप गरेपछि उनले कीर्तिमानी दोहोरो शतक बनाएका हुन्।

म्याक्सवेलले १२८ बलमा २१ चौका र १० छक्का हिर्काए। यो विश्वकपमा कुनै पनि ब्याट्सम्यानले बनाएको यो सबैभन्दा ठुलो व्यक्तिगत स्कोर हो। म्याक्सवेलले यही विश्वकपमा इतिहासको सबैभन्दा चाँडो शतकको कीर्तिमान पनि बनाएका छन्। म्याक्सवेललाई कप्तान प्याट कमिन्सले ६८ बलमा १२ रन बनाउँदै अन्तिमसम्म साथ दिएर विजयी यात्रामा ठूलो भरोस गरे।

अफगानिस्तानका लागि नविन उल हक, अजमतुल्लाह ओमारजाइ र रासिद खानले २–२ विकेट लिए पनि म्याक्सवेललाई रोक्न सकेनन्। मंगलबारको जितसँगै ८ खेलपछि अस्ट्रेलियाले १२ अङ्क जोडेको छ। ८ अङ्क रहेको अफगानिस्तान नेट रन रेट अनुसार छैटौँ स्थानमा छ।

यसअघि अफगानिस्तानले पाँच विकेट गुमाएर २९१ रन बनाएको थियो। ओपनर इब्राहिम जाद्रानले शतक १२९ रनमा अविजित शतक प्रहार गरेका थिए।

 

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  ५ : ५१ बजे

क्यानद्वारा खेलाडी वर्गीकरण

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२६ का लागि

‘गरिबलाई गरिखाने वातावरण बनाउने गरी नीति कार्यक्रम ल्याइने’

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारको आर्थिक वर्षको

लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य नीति : हवाई उद्धारदेखि टेलिमेडिसिनसम्म

काठमाडौं– लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८३/८४ का लागि

‘आदिवासी जनजातिको हक, अधिकार स्थापित गर्न प्रतिबद्ध छौँ’ 

काठमाडौं– बिभिन्न दलका सांसदहरूले नेपालका आदिवासी जनजातिहरूको हक, अधिकार स्थापित