इजरायलद्वारा गाजा क्षेत्रमा हमला, ३० भन्दा बढीको मृत्यु « Khabarhub

इजरायलद्वारा गाजा क्षेत्रमा हमला, ३० भन्दा बढीको मृत्यु


२३ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

गाजापट्टी– इजरायलको पछिल्लो हमलामा गाजापट्टीका जबलिया, साबरा र खान युनिसमा दर्जनौँ मानिस मारिएका छन् ।

प्यालेस्टिनी समाचार एजेन्सी वाफाले आज बिहान उत्तरी गाजाको जबलियामा इजरायली बमबारीमा महिला र बालबालिकासहित कम्तीमा ३० प्यालेस्टाइनीको मृत्यु भएको जानकारी दिएको छ।

समाचार अनुसार शरणार्थी शिविरमा रहेका दुईवटा आवासीय भवनलाई ध्वस्त पार्ने क्रममा भएको सो आक्रमणमा दर्जनौँ घाइते भएका छन् ।

वाफाको रिपोर्ट अनुसार इजरायली विमानले जबलियाको अल–यमन अल–सईद अस्पतालको छेउमा एक नागरिक कारलाई निशाना बनाएको थियो, जसमा १९ व्यक्तिको मृत्यु भएको थियो ।

जबलियाको एक घरमा बम बिष्फोट भएपछि थप पाँच जनाको शव इन्डोनेसियाली अस्पताल र दुई जनाको कमल अडवान अस्पतालमा लगिएको थियो ।

यस्तै, गाजाको पश्चिमी भागमा रहेको अल–सब्रामा पनि कम्तीमा आठ जनाको मृत्यु भएको बताइएको छ।

यसैबीच, खान युनिसको पूर्वमा रहेको बानी सुहैला सहरमा रहेको अबु तैम परिवारको घरमा छुट्टाछुट्टै आक्रमणमा एक बालकसहित १० जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहीबार  ८ : ०८ बजे

कमल थापा भन्छन् : राजदूतले प्रधानमन्त्री भेट्नु ठूलो कुरा होइन, हल्ला-खल्ला नगरौँ

काठमाडौं- पूर्वपरराष्ट्रमन्त्री कमल थापाले प्रधानमन्त्री वालेन्द्र शाहले छिमेकी मुलुकका राजदूतहरूसँग

भारतको ८० करोड अनुदानमा नेपालमा ८ सामुदायिक विकास परियोजना बन्ने

काठमाडौं- भारत सरकारको अनुदान सहयोगमा नेपालमा शिक्षा, स्वास्थ्य र कृषि

पूर्वराष्ट्रपति असदसहित सात अधिकारीलाई सिरियामा मृत्युदण्ड

एजेन्सी– सिरियाली अदालतले पूर्वराष्ट्रपति बशर अल–असदलाई मृत्युदण्डको सजाय सुनाएको छ

सुगौली सन्धिको सक्कल प्रतिबारे भारतको जवाफ, ‘द्विपक्षीय संयन्त्रमार्फत कुरा गर्न सकिन्छ’

नयाँदिल्ली- सन् १८१६ को सुगौली सन्धिको सक्कल प्रति नभेटिएको चर्चा

निशान छापको दुरुपयोग गर्ने एक जना पक्राउ

काठमाडौं– प्रहरीले अनधिकृत तवरले नेपाल सरकारको निशान छापको दुरुपयोग गर्ने