नेपाली टोलीको कप्तानमा इन्दु बर्मा नियुक्त  « Khabarhub

नेपाली टोलीको कप्तानमा इन्दु बर्मा नियुक्त 


२३ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


558
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा इन्दु बर्मा नियुक्त भएकी छिन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान)ले हङकङमा हुने चार देश सम्मिलित महिला टि-२० अन्तर्राष्ट्रिय शृङ्खलाका लागि बर्मालाई नेपाली टोलीको कप्तान नियुक्त गरेको हो । 

क्यानले आज १४ सदस्यीय टोलीको घोषणा गरेको हो । यही कात्तिक २९ देखि मङ्सिर ३ गतेसम्म हुने उक्त शृङ्खलाका लागि क्यानले उपकप्तानको जिम्मेवारी भने विन्दु रावललाई दिएको छ । 

नेपाली टोलीको अन्य सदस्यमा रुविना क्षेत्री, सीता रानामगर, अश्मिना कर्मचार्य, काजोल श्रेष्ठ, रोमा थापा, सङ्गीता राई सम्झना खड्का खुसी डङ्गोल, पूजा महतो, कञ्चन श्रेष्ठ, सोमु विष्ट र सोनी पाख्रिन छन् । हङ्कङमा हुने चार देश सम्मिलित टि-२० शृङ्खलामा नेपालसँगै तान्जानिया, जापान र हङकङ  रहेका छन् । नेपालले आफ्नो पहिलो खेल यही कात्तिक २९ गते तान्जानियासँग खेल्नेछ ।

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहीबार  ७ : ०५ बजे

बालुवाटारमा रवि–बालेनबीच ४५ मिनेट भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह र सत्तारुढ दल रास्वपाका सभापति

सुनकोशीमा बेपत्ता दम्पतिमध्ये पत्नीको शव फेला

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दोलालघाटस्थित सुनकोशी नदीमा हाम फालेर चार दिनदेखि

विशेष महाधिवेशनले कांग्रेस झन् कमजोर बनायो : प्रकाशमान सिंह

काठमाडौं – नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनको प्रक्रियाका

झापामा दुई छुट्टाछुट्टै दुर्घटना, दुई महिलाको मृत्यु

झापा – झापामा आज भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई महिलाको

ट्रम्पको गाजा शान्ति योजना इजरायलद्वारा अस्वीकार, सेना फिर्ता नगर्ने नेतन्याहुको अडान

काठमाडौं – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले