अन्तरजातीय विवाह गर्ने जोडीलाई एक लाख रुपैयाँ « Khabarhub

अन्तरजातीय विवाह गर्ने जोडीलाई एक लाख रुपैयाँ


२४ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

मुगु– मुगुको छायाँनाथ रारा नगरपालिकाकाले अन्तरजातीय विवाह गरेका एक जोडीलाई पोत्साहनस्वरुप एक लाख रकम उपलब्ध गराएको छ ।

छाँयानाथ रारा–१० चरापगाउँका देवीकृष्ण कामीको जोडीले अन्तरजातीय विवाह गरेपछि उनको जोडीलाई छायाँनाथ रारा नगरपालिकाले प्रोत्साहनबापत एक लाख उपलब्ध गराएको हो ।

सोरु गाउँपालिका–४ लिब्रकी २४ वर्षीया रञ्जिता बुढा र छायाँनाथ रारा नपा–१० का २५ वर्षीय देवीकृष्णा विकबीच दुई वर्षसम्म प्रेम सम्बन्ध थियो । लामो समयको प्रेम सम्बन्धपछि दुवै जनाको सहमतिमा गएको माघ १३ गते विवाह भएको रञ्जिताले बताइन् ।

छायाँनाथ रारा नगरपालिकाले १२औँ नगरसभामा दलित नीति पास गर्दै अन्तरजातीय विवाह गर्ने जोडीलाई एक लाख पोत्साहन रकम उपलब्ध गराउने नीति पास गरेको थियो ।

कर्मचारी र जनप्रतिनिधिले जानकारी दिएपछि मात्र आफूहरूले थाहा पाएको र नगरपालिकामा आवश्यक काजपत्र पेश गरेर विकले बताए ।

नगरपालिकाको १२औँ नगरसभाले पास गरेको दलित नीतिअनुसार आव २०७९–८० साउन १ गतेदेखि लागू हुने गरी नगरपालिकाभित्र अन्तरजातीय विवाह गर्ने जोडीलाई नगरप्रमुख स्वरोजगार कार्यक्रमअन्तर्गत प्राप्त निवेदनअनुसार एक लाख रकम व्यवस्था गरिएअनुसार पहिलोपटक यो जोडीलाई एक लाख उपलब्ध गराएको छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णुकुमार भामले बताए ।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  ६ : ४९ बजे

पाकिस्तान प्रधानमन्त्री र सेना प्रमुख दुवैजना चीन पुगे

इस्लामावाद– पाकिस्तानका सेनाप्रमुख जनरल असीम मुनीर र प्रधानमन्त्री शहबाज शरीफ

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

मोरङ– सुनवर्षी नगरपालिका-९ डाईनिया चोकस्थित सडकमा प्र.१-०२-०५७ प८४८७ नम्बरको मोटरसाइकलको

स्ट्रेट अफ होर्मुज खोल्नेबारे ओमान-ईयू वार्ता, इरानी सांसद भन्छन् : कसैको दबाबसामु हामी झुक्दैनौँ

तेहरान- ओमानका विदेशमन्त्री बद्र बिन हमद अल बुस्यादीले युरोपेली संघ

अवैध लागूऔषध अफिम र गाँजा बरामद

काठमाडौं– मकवानपुरको मनहरी गाउँपालिका-७ मनहरी पुल नजिकबाट अवैध लागूऔषध अफिम

बजेटले बढाउला कर्मचारीको तलब  ?

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउन अब ४ दिन