गाजाको शरणार्थी शिविरमा इजरायली हमला, १४ जनाको मृत्यु « Khabarhub

गाजाको शरणार्थी शिविरमा इजरायली हमला, १४ जनाको मृत्यु


२४ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

गाजापट्टी– इजरायली सेनाको आक्रमणपछि कब्जा गरिएको वेस्ट बैंकको शरणार्थी शिविर, जेनिनमा कम्तिमा १४ प्यालेस्टाइनीको मृत्यु भएको थियो।

प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयका अनुसार आक्रमण अघि बिहीबार प्यालेस्टिनी समुहसँग झडप भएको थियो । मृतकहरू सर्वसाधारण वा विद्रोही हुन् भन्ने अझै खुल्न सकेको छैन ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ) का अनुसार आतंकवादी पूर्वाधारलाई विफल पार्न र एक व्यक्तिको घर ध्वस्त पार्न जेनिनमा छापा मारेको थियो । जसले अगस्ट ३१ मा १ इजरायली सिपाहीको हत्या गरिएको थियो ।

इजरायली सेनाको रेडियो, आईडीएफ र प्रत्यक्षदर्शीहरूले समाचार संस्था सीएनएनलाई जनाएअनुसार इजरायली सेनाले झडपपछि कम्तिमा एउटा ड्रोन हमला पनि गरेको थियो ।

आईडीएफ र प्रत्यक्षदर्शीद्वारा सिएनएनलाई प्राप्त भिडियोहरूले शहरमा भारी सैन्य उपस्थिति चित्रण गरेको छ । प्यालेस्टाइनी विद्रोही र इजरायली सेनाले गोली चलाएको सुनिन्छ। कम्तिमा एक दर्जन बख्तरबंद गाडीहरू सहरका सडकहरूमा देख्न सकिन्छ । र, सशस्त्र बुल डोजरहरू सडक र घर भत्काउँदैछन्सीएनएनले प्राप्त गरेको भिडियोमा अपरेशन पछि शिविरमा पर्चाहरू खसालिएको समेत देखाइएको छ।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  १० : २८ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी