मदिरा सेवन गर्ने कर्मचारीलाई बर्खास्त गर्नुपर्ने कँडेलको मागप्रति सिलवालले जनाए असहमति | Khabarhub Khabarhub

मदिरा सेवन गर्ने कर्मचारीलाई बर्खास्त गर्नुपर्ने कँडेलको मागप्रति सिलवालले जनाए असहमति


१० श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद देवेन्द्रराज कँडेलले कार्यालय समयमा मदिरा सेवन गर्ने कर्मचारीलाई बर्खास्त गर्नुपर्ने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

काँग्रेस सांसद कँडेलले कार्यालय समयमा मदिरा सेवन गर्ने कर्मचारीलाई फेरि सरकारी सेवामा प्रवेश गर्न अयोग्य हुने गरी बर्खास्त गर्ने कानुनी व्यवस्था गर्नुपर्ने प्रस्ताव राखेका हुन् ।

शुक्रबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, संचालन र सर्तको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको दफावार छलफलमा भाग लिँदै उनले कर्मचारीहरुलाई कार्यालय समयमा मदिरा सेवन गर्न निषेध नै गर्न उपयुक्त हुने तर्क समेत गरे ।

सेवाग्राहीलाई सेवा दिन बसेको कर्मचारीले मदिरा सेवन गरेर कार्यालयमा काम गर्न नसक्ने हुनाले उसलाई सो सेवाबाटै हटाउने कानुनी व्यवस्था गर्नुपर्ने उनको माग छ ।

यता, सत्तारुढ नेकपाका सांसद नवराज सिलवालले भने मदिरा सेवन गर्ने कर्मचारीलाई पदबाटै बर्खास्त गर्नुपर्ने काँग्रेस सांसद कँडेलको मागप्रति असहमति जनाए।

उनले परिस्थितिलाई हेरेर त्यस्ता कर्मचारीहरुलाई पनि सुधार गर्ने अवसर सहितको कानुनी व्यवस्था गर्न उपयुक्त हुने धारणा राखे ।

बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले दण्डित गर्नुपर्ने कर्मचारीलाई कारबाही नगर्ने पदाधिकारीलाई पनि कार्वाही हुने गरी कानुनी व्यवस्था गर्न सरकार तयार रहेको बताए ।

दण्डित गर्नुपर्ने कर्मचारीलाई दण्डित नगर्ने पदाधिकारीलाई पनि कार्वाही गरेर मात्रै कर्मचारी प्रशासनलाई सुधार गरेर लैजान सकिने मन्त्री पण्डितको तर्क छ । मन्त्री पण्डितले गल्ती गर्ने कर्मचारीलाई सरकारले आवश्यक सजायको व्यवस्था गर्ने पनि बताए ।

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार  ८ : २७ बजे

सत्यवतीमा पहिलो बेत ब्याउने गाईलाई १० हजार अनुदान

गुल्मी– सत्यवती गाउँपालिकाले गाईपालक कृषकलाई प्रोत्साहन गर्न सुरु गरेको छ ।

प्यूठान नगरपालिकामा सम्पूर्ण विवाद मेलमिलापबाट समाधान,  एक वर्षमा भए ८५ वटा विवाद दर्ता

प्यूठान– नेपालको संविधानले स्थानीय तहमा न्यायिक अधिकार दिएता पनि अधिकांशमा

बङ्गलादेशका पूर्वप्रधानन्यायाधीश खैरुल हक पक्राउ

ढाका- बङ्गलादेश प्रहरीले बिहीबार देशका पूर्वप्रधानन्यायाधीश एबिएम खैरुल हकलाई पक्राउ

स्याङ्जामा ऐतिहासिक महत्वका चौतारो संरक्षण

स्याङ्जा– स्याङ्जामा गत आर्थिक वर्ष २०८१–०८२ मा तीन हजार ६५३

झुलाघाट भन्सारबाट ७६ लाख ४३ हजारभन्दा बढी राजस्व सङ्कलन

बैतडी– भारतसँग सीमा जोडिएको बैतडीको  झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले गत