रोल्पा क्रान्ति, शान्ति र निर्माणको प्रतीक : प्रधानमन्त्री « Khabarhub

रोल्पा क्रान्ति, शान्ति र निर्माणको प्रतीक : प्रधानमन्त्री


२४ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रोल्पा– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोल्पा क्रान्ति, शान्ति, निर्माण र पुनःनिर्माणको प्रतीक भएको बताएका छन्।

आज रोल्पा अस्पतालको भवन उद्घाटनको क्रममा प्रधानमन्त्री दाहालले पछिल्लो परिवर्तनको मियो रोल्पा विकासका दृष्टिले पछि रहे पनि विस्तारै विकासको मूल प्रवाहमा प्रवेश गर्न लागेको बताए। हिजो पूर्वाधार, शिक्षालगायतका क्षेत्रमा पछि परेको रोल्पा अब विकासमा गति अगाडि बढेको प्रधानमन्त्री दाहालको भनाइ छ ।

अस्पताल भवन राम्रो र आधुनिक रहे पनि जनशक्ति र अन्य स्रोत साधनको अभाव रहेको बताउँदै जनशक्तिका लागि आफू काठमाडौँ फर्केलगत्तै स्वास्थ्य मन्त्रालयसँग समन्वय गरी जनशक्ति व्यवस्थापन गर्ने उनको भनाइ थियो ।

प्रधानमन्त्री दाहालले आफूले चीन भ्रमणका क्रममा फलफूल र जडीबुटीसम्बन्धी परियोजनामा पनि सम्झौता भएको बताउँदै उक्त परियोजना रोल्पामा सञ्चालन गर्ने बताए।

रोल्पा नगरपालिका–२ रेउघामा नवनिर्मित भवन ५० श्यया क्षमताको छ । आजै प्रधानमन्त्री दाहालले रोल्पाको थवाङ खोलामा नवनिर्मित पक्की पुलको पनि उद्घाटन गरे। 

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  ३ : ५४ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा