रोल्पा क्रान्ति, शान्ति र निर्माणको प्रतीक : प्रधानमन्त्री « Khabarhub

रोल्पा क्रान्ति, शान्ति र निर्माणको प्रतीक : प्रधानमन्त्री


२४ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रोल्पा– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोल्पा क्रान्ति, शान्ति, निर्माण र पुनःनिर्माणको प्रतीक भएको बताएका छन्।

आज रोल्पा अस्पतालको भवन उद्घाटनको क्रममा प्रधानमन्त्री दाहालले पछिल्लो परिवर्तनको मियो रोल्पा विकासका दृष्टिले पछि रहे पनि विस्तारै विकासको मूल प्रवाहमा प्रवेश गर्न लागेको बताए। हिजो पूर्वाधार, शिक्षालगायतका क्षेत्रमा पछि परेको रोल्पा अब विकासमा गति अगाडि बढेको प्रधानमन्त्री दाहालको भनाइ छ ।

अस्पताल भवन राम्रो र आधुनिक रहे पनि जनशक्ति र अन्य स्रोत साधनको अभाव रहेको बताउँदै जनशक्तिका लागि आफू काठमाडौँ फर्केलगत्तै स्वास्थ्य मन्त्रालयसँग समन्वय गरी जनशक्ति व्यवस्थापन गर्ने उनको भनाइ थियो ।

प्रधानमन्त्री दाहालले आफूले चीन भ्रमणका क्रममा फलफूल र जडीबुटीसम्बन्धी परियोजनामा पनि सम्झौता भएको बताउँदै उक्त परियोजना रोल्पामा सञ्चालन गर्ने बताए।

रोल्पा नगरपालिका–२ रेउघामा नवनिर्मित भवन ५० श्यया क्षमताको छ । आजै प्रधानमन्त्री दाहालले रोल्पाको थवाङ खोलामा नवनिर्मित पक्की पुलको पनि उद्घाटन गरे। 

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  ३ : ५४ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह