इरानको नियन्त्रणमा रहेका ९ भारतीय रिहा « Khabarhub

इरानको नियन्त्रणमा रहेका ९ भारतीय रिहा


१० श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेहरान– इरानले यही जुलाई १४ मा पानामाको ध्वजावहाक तेल ट्याङ्करलाई कब्जामा लिँदा नियन्त्रणमा लिएका १२ जना भारतीय नागरिकमध्ये नौ जनालाई रिहा गरेको भारतीय विदेश मन्त्रालयले शुक्रबार जनाएको छ ।

इरानले तेल बोक्ने उक्त पानीजहाज (एमटी रिआ) लाई गैरकानूनीरूपमा बेचेको पेट्रोलियम पदार्थको तस्करी गरेको आरोपसहित कब्जामा लिएको थियो ।

इरानी सरकार, अमेरिका र बेलायतबीच आणविक सम्झौताबाट फर्कने र इरानलाई नयाँ नाकावन्दी लगाउने घोषणा उग्ररूप लिँदा र हर्मुज घाँटी भएर तेल लान यो वा त्यो कारण देखाई समस्या उत्पन्न गर्दै आएको सम्बद्ध मुलुकहरूले जनाएका छन् । तर ती मुलुकका जहाजमा चालक दलका सदस्यका रूपमा काम गर्ने अन्य विदेशी नागरिक पनि इरानको कारबाहीमा पर्ने गरेका छन् ।

यो रिहाईसँगै अब इरानको कब्जामा २१ अन्य भारतीय रहेका छन् । इरानले एमटी रिआका अन्य तीनसहित बेलायती ध्वजावहाक सामान बोक्ने जहाज स्टेना इम्पेरोमा कार्यरत १८ जना भारतीयलाई पनि केही हप्ता पहिले कब्जामा लिएको थियो ।

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार  ९ : ०७ बजे

बढ्दो प्रतिस्पर्धाबीच भारतबाट बाहिरियो सेभेन–इलेभेन

नयाँदिल्ली– भारतमा सञ्चालनमा रहेका सेभेन–इलेभेनका सबै कन्भिनियन्स स्टोर बन्द भएका

बाँकेमा एक वर्षमा ४१७ जनाले लिए सुरक्षित गर्भपतन सेवा

नेपालगञ्ज– बाँके जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या अघिल्लो आर्थिक

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि गगनकुमार थापाले

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र

रजनीकान्त फेरि ‘टाइगर’ अवतारमा, ‘जेलर-२’ को ट्रेलर सार्वजनिक

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार रजनीकान्त फेरि एकपटक आफ्नो चर्चित पात्र