पुलिसले जित्यो प्रथम वीरगञ्ज गोल्डकपको उपाधि « Khabarhub

पुलिसले जित्यो प्रथम वीरगञ्ज गोल्डकपको उपाधि


२५ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज – नेपाल पुलिस क्लबले वीरगञ्जमा सञ्चालित प्रथम वीरगञ्ज गोल्डकप २०८० को उपाधि उचालेको छ । प्रतियोगिताअन्तर्गत आज सम्पन्न फाइनलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा २–० गोलअन्तरले पराजित गर्दै पुलिसले उपाधि हात पारेको हो ।

उपाधिसँगै पुलिसले नगद रु ११ लाख ११ हजार एक सय ११ सहित ट्रफी र मेडल हात पारेको छ भने उपविजेता आर्मीले नगद रु पाँच लाख ५५ हजार पाँच सय ५५ पुरस्कारसहित ट्रफीमा चित्त बुझाएको छ ।

वीरगञ्जस्थित आदर्शनगर रङ्गशालामा सम्पन्न फाइनल खेलको निर्धारित ९० मिनेटसम्म दुवै टिमले बराबरी खेलेपछि खेलको अन्तिम निर्णय टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा आर्मीका चारै जना स्ट्राइकरले गोल गर्न चुकेपछि उपाधि पुलिसको पोल्टामा गएको हो । टाइब्रेकरमा पुलिसका लागि कप्तान राम वजु र बुद्ध तामाङले गोल गरे भने उज्ज्वल राईको पेनाल्टी सुट आर्मीका गोलरक्षक विकेश कुथुले रोकेर विफल पारिदिएका थिए ।

टाइब्रेकरमा आर्मीका कप्तान नवयुग श्रेष्ठको प्रहार गोलपोस्टको सेकेन्ड बार बाहिर गयो भने विमल पाण्डे र सन्तोष केसीको प्रहार पुलिसका गोलरक्षक शत्रुधन चौधरीले जोगाएका थिए । जितेन्द्र कार्कीको प्रहार भने गोलपोस्टको बारमा लागेर फर्किएको थियो ।

फाइनल खेलको म्यान अफ दी म्याच टाइब्रेकरमा आर्मीका लगातार तीनवटा प्रहार रोक्न सफल पुलिसका गोलरक्षक शत्रुधन चौधरी घोषित भएका छन् । उनले क्वेस्ट फार्मासियुटिकलको तर्फबाट रु १० हजार पुरस्कार प्राप्त गर्नुभयो । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पुलिसका प्रताप गुरुङ घोषित भए । उनले नगद रु ५० हजार पनि प्राप्त गरे ।

त्यस्तै प्रतियोगिताको उत्कृष्ट गोलरक्षक पुलिसकै शत्रुधन चौधरी, उत्कृष्ट मिडफिल्डर पुलिसकै उज्ज्वल राई र उत्कृष्ट रक्षक आर्मीका विमल पाण्डे घोषित भएको आयोजकले जनाएको छ । उनीहरूले जनही रु २०–२० हजार पुरस्कार प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट कोच पुलिसका चेतन घिमिरे घोषित भए । उनले पनि नगद रु २० हजार प्राप्त गरे ।

प्रतियोगितापश्चात आयोजित समापन तथा पुरस्कार वितरण कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह र उपप्रमुख इम्तियाज आलमले विजेता र उपविजेतालाई पुरस्कार, ट्रफी तथा प्रमाणपत्र प्रदान गरे ।

प्रकाशित मिति : २५ कार्तिक २०८०, शनिबार  ९ : २४ बजे

कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ

महेन्द्रनगर – भारतसँग खुला सीमाना जोडिएको कञ्चनपुरमा लागुऔषध न्युनीकरण चुनौतीपूर्ण

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

कास्की – पोखरा महानगरपालिका–३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

दुई दिन मुसलधारे वर्षाको सम्भावना, सतर्कता अपनाउन अपिल

काठमाडौं – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी

ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार

बागमती – बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालय र हेटौँडा

चट्याङ लागेर एक महिलाको मृत्यु

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको