इजरायल–गाजा युद्धविरामका लागि लण्डनमा विशाल प्रदर्शन « Khabarhub

इजरायल–गाजा युद्धविरामका लागि लण्डनमा विशाल प्रदर्शन


२६ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  इजरायल र गाजापट्टी द्वन्द्वमा युद्धविरामको अपिल गर्दै बेलायतको राजधानी लण्डनमा विशाल प्रदर्शन भएको छ ।

लण्डनको मेट्रो पुलिसका अनुसार युद्धविरामका लागि आह्वान गर्दै तीन लाख प्यालेस्टिनी समर्थकहरूले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा १२६ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी र प्रदर्शनकारीबीच ठाउँठाउँमा झडप हुँदा केही प्रहरी घाइते भएको बताइएको छ ।

इजरायलले गाजापट्टीमा स्थल तथा हवाइ हमला जारी राखेको छ । पछिल्लो हमलाले गाजाको सबैभन्दा ठूलो अल शिफा अस्पताल क्षतिग्रस्त भएको छ । 

अस्पतालमा खाद्यान्न, पानी र इन्धनको संकट भएको चिकित्सकहरुले बताएका छन् ।

प्रकाशित मिति : २६ कार्तिक २०८०, आइतबार  ८ : ५० बजे

चिनियाँ राष्ट्रपति पुग्नुअघि रातो कार्पेटमा अमेरिकी सैनिकको तमासा (भिडियोसहित)

काठमाडौं– यतिबेला चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका भ्रमणमा छन् ।

एमालेमा २९ केन्द्रीय सदस्य मनोनीत, ओलीको प्रस्तावमा योगेश भट्टराईको नोट अफ डिसेन्ट

काठमाडौं– नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटीमा २९ जना सदस्य मनोनीत

किशोरीको अधिकार र नेतृत्वलाई सुनिश्चित गरिनुपर्छ : मन्त्री चौधरी

ललितपुर– कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले आदिवासी अपाङ्गता भएका

भरत दाहाललाई तत्काल रिहा गर्न सर्वोच्चको परमादेश

काठमाडौं- सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई तत्काल रिहा गर्न

पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्ड रातिमा आवागमनमा रोक

चितवन– पृथ्वी राजमार्गको चितवन र धादिङ क्षेत्रमा आज राति सवारी