विरोध प्रदर्शनपछि बङ्गलादेशमा तयारी पोशाक श्रमिकको मृत्यु « Khabarhub

विरोध प्रदर्शनपछि बङ्गलादेशमा तयारी पोशाक श्रमिकको मृत्यु


२६ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

ढाका- सरकारले गरेको पारिश्रमिक वृद्धि प्रस्ताव अत्यन्त कम भएकाले उचित पारिश्रमिकको माग गर्दै बङ्गलादेशका सयौँ तयारी पोशाक श्रमिकले आइतबार जुलुस निकालेका छन् । गत महिना सुरु भएको हिंसात्मक विरोध प्रदर्शनका क्रममा मर्नेको सङ्ख्या बढेर चार पुगेको छ । एक दशकमा सबैभन्दा खराब श्रमिक अशान्तिले बङ्गलादेश स्तब्ध छ ।

न्यूनतम पारिश्रमिक तीन गुणाले बढाएर २३ हजार टाका (दुई सय आड अमेरिकी डलर) बनाउनुपर्ने माग गर्दै हजारौँ श्रमिक प्रहरीसँगको झडपमा परेका छन् । प्रदर्शनका क्रममा सयौँ कारखाना क्षतिग्रस्त भएका छन् ।

बङ्गलादेशको तीन हजार पाँच सय तयारी पोशाक कारखानाले मुलुकको ५५ अर्ब अमेरिकी डलरको वार्षिक निर्यातमा करिब ८५ प्रतिशत योगदान गर्दछन् । यी कारखानाले लेभी, जारा र एच एन्ड एमलगायत विश्वका थुप्रै शीर्ष ब्रान्डहरूलाई तयारी पोशाक आपूर्ति गर्दछन् । तर यो क्षेत्रका ४० लाख श्रमिकमध्ये धेरैको स्थिति दयनीय छ ।

यिनीहरूमा अधिकांश महिला छन् र उनीहरूको मासिक पारिश्रमिक आठ हजार तीन सय टाका (७५ अमेरिकी डलर) बाट सुरु हुन्छ । सरकारले नियुक्त गरेको प्यानलले मङ्गलबार मुलुकको तयारी पोशाक कारखानाका ४० लाख श्रमिकका लागि पारिश्रमिकमा ५६ दशमलव २५ प्रतिशतले वृद्धि गरेको थियो ।

श्रमिकहरूले उक्त प्रस्तावलाई अस्वीकार गरेका छन् । पारिश्रमिकको वृद्धि प्रस्तावपछि तिनीहरूको विरोध प्रदर्शन बढ्दै गएको छ र यस अवधिमा कम्तीमा ७० कारखानामा तोडफोड गरिएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८०, आइतबार  ३ : ३८ बजे

विश्वको सर्वोच्च शिखर सूचीमा नेपालका थप छ हिमाल समेट्न प्रस्ताव

काठमाडाैँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल

सर्वोच्चको पूर्ण बैठकमा समसामयिक विषयमा छलफल

काठमाडौं– सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) मा न्यायालयमामाथि पछिल्ला दिनमा

बिरेन्द्रबजार–धाप्लाङ सडक कालोपत्रे हुने

काठमाडौं– उदयपुरको चौदण्डीगढी नगरपालिका–८ बिरेन्द्रबजारदेखि बोपुङ, कम्पुघाट र बाजगराहुँदै त्रियुगा

विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

काठमाडौं– विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडले वार्षिक १३

दुग्ध किसानको बक्यौता घटेर तीन करोडमा सीमित

काठमाडौं– विराटनगर स्थित विराटनगर दुग्ध वितरण आयोजनाले पूर्वका दुध कृषकहरूलाई