यमपञ्चक: आज गाई तिहार | Khabarhub Khabarhub

यमपञ्चक: आज गाई तिहार


२७ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


492
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाई तिहार मनाइँदैछ। हरेक वर्ष तिहारमा गाईको पूजा गर्ने गरिन्छ। गाईलाई पूजा गर्नाले आमाबाट पाएजस्तै माया गाईबाट पाइने धार्मिक विश्वासमा गाईपूजा गर्ने परम्परा रहेको हो।

गाई जगत जननी भएकाले पनि हिन्दु संस्कार अनुसार पूजा गर्ने गरेको जनविश्वास छ। गाईको दूध, गहुँत र गोबर पवित्र हुने भएकाले पनि गाईको पूजा गर्ने गरिन्छ।

आजको दिन कृषि कर्म गर्न हलो जोतेर वर्षभर साथ दिने गोरुलाई समेत पूजा गरी मीठो मीठो खान दिने गरिन्छ। गोरुको साथमा जोत्ने हलीलाई समेत पूजा गरी खाना खुवाइन्छ।

आजको दिनलाई गाई तिहार र हलीतिहार समेत भन्ने गरिन्छ। आज गाई, गोरु र हलीलाई समेत मीठा कुरा खान दिइन्छ। आजैका दिन बेलुकी घरघरमा ‘देऊ शुभ’ भनी देउसी खेल्ने गरिन्छ।

नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औँसीकै दिन गाई पूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईले जानकारी दिए।

आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन (डोरो) गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास छ।

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार  ५ : ३३ बजे

हिमालयन इन्भेष्टमेन्ट बैंकरको साधारणसभा भदौ ३१ गते 

काठमाडौं– हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडले साधारणसभा डाकेको छ । बैंकरको

भान्सद्वारा युक्रेन युद्धमा रुसमाथि दबाब दिन भारतमाथि लगाइएको भन्सार शुल्कको बचाउ

वाशिङ्टन- अमेरिकाका उपराष्ट्रपति जेडी भान्सले आइतबार भारतमाथि लगाइएका माध्यमिक प्रतिबन्ध

कांग्रेसका शीर्ष नेताको बैठक स्थगित, दिउँसो पदाधिकारी बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । सोमबार बिहानका

एनआरएनएको अध्यक्षमा डा. हेमराज शर्माको उम्मेदवारी घोषणा 

लन्डन– गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेमराज शर्माले

राज्य व्यवस्था समिति सभापतिको चुनाव भदौ ११ गते

काठमाडौं– प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति चयनका लागि