तिहारमा किन बालिन्छ दियो ?  « Khabarhub

तिहारमा किन बालिन्छ दियो ? 


२७ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

हिन्दु धर्मावलम्बीहरूको दसैँ पछिको दोस्रो ठुलो महान् पर्व हो तिहार । यस वर्षको तिहारको तेस्रो दिन आज गाईको पूजा गरेर मनाइँदैछ ।

तिहार लागेसँगै गाउँदेखि सहरसम्म फूल तथा बत्तीले झकिझकाउ र झिलिमिली भएको छ । सबैतिर अहिले मखमली, सयपत्री, गोदावरीलगायतका फूलहरूले सजाइएको छ ।

तिहारको अन्तिम दिन भ्रातृ द्वितीया दिदीबहिनी, दाजुभाइका लागि विशेष दिन हो । यस दिनलाई भाइटीका भनिन्छ ।

तिहारको अर्को महत्त्वपूर्ण कुरा भनेको दियो बाल्नु पनि हो । घरको वरपर चारैतिर दियो बालेर निकै आकर्षित बनाएर तिहार मनाइने गरिन्छ ।

धार्मिक विश्वास अनुसार त्रेतायुगमा भगवान् श्रीराम, लक्ष्मण र सीता १४ वर्ष वनवास पुरा गरी फर्किदा कार्तिक कृष्ण पक्षको औँसीको रात थियो ।

अयोध्यावासीले भगवान् श्रीराम, लक्ष्मण र सीताको  आगमनको खुसियालीमा उनीहरूको प्रत्येक पाइलामा दियो बालिएको हुनाले हरेक वर्ष सोही तिथिमा दीपावली गरिएको हो भन्ने गरिएको छ ।

यसका साथै कुवेर र माता लक्ष्मीको बास होस् भन्नाले पनि दियो बालिने प्रचलन रहेको छ । औँसीको रात भनेको कालो रात हो । यस रात दियो चलाउँदा उज्यालो छाउँछ ।

तिहारमा घरघरमा झिलिमिली बनाइनु धार्मिक, सामाजिक, सांस्कृतिक तथा मनोवैज्ञानिक सबै दृष्टिले महत्त्वपूर्ण छ । 

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार  ६ : २८ बजे

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट

मधेस प्रदेश सभामा आज सभामुख चयन गरिँदै

काठमाडौं– मधेस प्रदेश सभामा आज सभामुख पदका लागि निर्वाचन हुँदैछ