शाहरुख अभिनीत ‘डिंकीका दुई पोस्टर सार्वजनिक « Khabarhub

शाहरुख अभिनीत ‘डिंकीका दुई पोस्टर सार्वजनिक


२७ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


468
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दीपावलीको अवसरमा शाहरुख खानको बहुप्रतिक्षित फिल्म ‘डिंकी’का दुई नयाँ पोस्टर सार्वजनिक भएका छन् । शाहरुखले दुवै पोस्टर आफ्नो सामाजिक सञ्जालमा सेयर गरेका छन् ।

पहिलो पोस्टरमा शाहरुख स्कुटर चढेको देखिएका छन् । उनको पछाडि तापसी पन्नु र विक्रम कोचर सरदारको भूमिकामा देखिएका छन् । 

अनिल ग्रोवरलाई पनि उनको छेउमा साइकल चढिरहेको देखिएको छ जसमा ‘ह्याप्पी दिवाली’ लेखिएको बोर्ड छ । उनले गलामा नोटको माला लगाएका छन्।

पोष्ट सेयर गर्दै शाहरुख खानले लेखेका छन्– ‘यस्तो परिवार बिना कस्तो हुनेछ दीपावली र कस्तो हुनेछ नयाँ वर्ष । सँगै हिड्नु, सँगै बस्नु र सँगै मनाउनुमा वास्तविक आनन्द छ। ‘डिंकी’ को सारा संसार यी मुर्ख हुन्।’

‘डिंकी’ को दोस्रो पोस्टरमा शाहरुख आफ्नो टोलीसँग कक्षा कोठामा देखिएका छन् । पोस्टरका सबै पात्रहरूले हातमा आईईएलटीएस पुस्तक समातेका छन्।

शाहरुख खानका फ्यानहरू उनको आगामी फिल्म ‘डिंकी’ को प्रतीक्षामा छन् । फिल्मको कथा विदेशबाट आफ्नो घर र देश फर्कन चाहनेहरूबाट प्रेरित छ। कमेडी ड्रामा भएको यो फिल्मलाई राजकुमार हिरानीले निर्देशन गरेका हुन् ।

यो चलचित्रमा राजकुमार हिरानी र शाहरुख खान पहिलो पटक सँगै काम गर्दैछन् । हिरानीलाई सञ्जु, पीके, ३ इडियट्स र मुन्ना भाइ सिरिज जस्ता ब्लकबस्टर फिल्मका लागि चिनिन्छ ।

चलचित्रमा तापसी पन्नु, विक्की कौशल र बोमन इरानीको पनि भूमिका रहेको छ । ‘डिंकी’ यो क्रिसमसमा विश्वभरका थिएटरमा रिलिज हुँदैछ ।

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार  ८ : ३४ बजे

पूर्वगृहमन्त्री लेखकलाई २ नं गण महाराजगञ्जमा राखियो

काठमाडौं– पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई नेपाल प्रहरीले

कांग्रेसका सांसदलाई ‘संसदीय सचेतना’ कार्यक्रम (तस्बिरहरू)

काठमाडौँ– नेपाली कांग्रेसले नवनिर्वाचित सांसदहरूका लागि आयोजना गरेको ‘संसदीय सचेतना’

असावधानीका कारण आगजनीका घटनामा बढोत्तरी

काठमाडौं– देशभर एकैदिन १६ स्थानमा आगजनीका घटना भएका छन् ।

चिनियाँ परराष्ट्रमन्त्री वाङ यीको बधाई, खनालसँग सहकार्य गर्ने प्रतिबद्धता

काठमाडौँ– चीनका परराष्ट्रमन्त्री वाङ यीले नेपालका नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनाललाई कार्यभार

गुराँस हेर्न पर्यटक घोडेपानीमा

म्याग्दी–  ‘म त लालीगुराँस भएछु, वनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु’ स्वर