गौ संरक्षण केन्द्रमा सामूहिक गाईपूजा | Khabarhub Khabarhub

गौ संरक्षण केन्द्रमा सामूहिक गाईपूजा


२७ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

दमौली- तनहुँको शुक्लागण्डकी नगरपालिका–९ स्थित गौ संरक्षण केन्द्रमा आज सामूहिक गाईपूजा गरिएको छ । मुक्तिनाथ शुक्लागण्डकी च्वयनधामको संरक्षकत्वमा सञ्चालित गौ संरक्षण केन्द्रमा तिहारको तेस्रो दिन सामूहिक गाई पूजा गरिएको हो । त्यस क्रममा केन्द्रमा रहेका एक सयभन्दा बढी गाईको पूजा गरिएको च्वयनधामका अध्यक्ष होमनाथ लम्सालले जानकारी दिए ।

च्वयनधामका मूल पुजारी गणेश खतिवडाको नेतृत्वमा गौ संरक्षण केन्द्रमा सामूहिक गाईपूजा गरिएको उनले जानकारी दिए । गौ संरक्षण केन्द्रले छाडा रुपमा छाडिएका गाईहरुको संरक्षण गर्दै आएको छ । सडक छेउछाउ छाडा रुपमा छाडिएका गाई संरक्षण गर्ने उद्देश्यसहित गौ संरक्षण स्थापना गरिएको थियो । शुक्लागण्डकी नगरपालिकाको रु १७ लाख र स्थानीयवासीको रु तीन लाख गरी रु २० लाखको लागतमा संरक्षण केन्द्र निर्माण गरिएको थियो ।

छाडा छोडिएका चौपायाको कारण राजमार्गमा सवारी दुर्घटना हुने, यातायात जाम हुने, बालबालिका, महिला तथा ज्येष्ठ नागरिक त्रसित हुने गरेको र चौपायाको मलमूत्रले बजार क्षेत्र नै दुर्गन्धित हुन थालेपछि नगरपालिकाले संरक्षण केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा हो ।

गाईको दूध आमाको दूध जस्तै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व रहेको  बताइएको छ । गाईको पूजा गरी आजका दिन मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार  ८ : १६ बजे

जिरोनामाथि बार्सिलोनाको रोमाञ्चक जित

काठमाडौं – स्पेनिश लालिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले

काठमाडौं उपत्यकामा स्वरुप परिर्वतन गरिएका २७५ बाइक नियन्त्रणमा

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्वरुप परिर्वतन गर्ने २७५

एभर्टनविरुद्ध म्यानचेस्टर सिटीको सहज जित, हालान्ड बने नायक

म्यानचेस्टर – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

गोरखा बजारबाट २० किलोग्राम पटका बरामद

गोरखा – प्रहरीले गोरखा बजारबाट २० किलोग्राम पटका बरामद गरेको

साहित्यकार दाहाल र अधिकारी दम्पती सम्मानित

काठमाडौं – बनेपा जनगालस्थित सयपत्री प्रतिष्ठान नेपालले शिक्षाविद्, वरिष्ठ साहित्यकार