नेपाली बक्स अफिसमा ‘टाइगर ३’ को आक्रामक ओपनिङ « Khabarhub

नेपाली बक्स अफिसमा ‘टाइगर ३’ को आक्रामक ओपनिङ


२७ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बलिउड फिल्म ‘टाइगर ३’ ले नेपाली बक्स अफिसमा आक्रामक अकुपेन्सीसहित प्रदर्शन थालेको छ । आइतबार बिहानैदेखि हलहरु शतप्रतिशत देखिएका थिए । यो फिल्मले पहिलो दिन नेपालमा एकदेखि डेढ करोड रुपैयाँसम्म ग्रस कमाउने अनुमान छ ।

यो फिल्म यशराज ब्यानरले अघि सारेको जासूस ब्रह्माण्डकै एक श्रृंखला हो, जसमा पठान, टाइगर र वार सामेल छन् । ‘टाइगर ३’ मा सलमान खान, कट्रिना कैफ र इमरान हासमीको शीर्ष भूमिका छ भने शाहरुख खान र ऋतिक रोशनको समेत सशक्त केमियो भूमिका छ ।

‘टाइगर ३’ भारतीय जासूस एजेन्सी रअका टाइगर (सलमान खान) को वरपर घुमेको छ । पाकिस्तानी जासूस एजेन्सी आईएसआईकी एजेन्ट जोया (कट्रिना) सँग विवाह गरेपछि देशद्रोहको आरोप लागेको टाइगर यतिबेला अष्ट्रियामा परिवारसँग निर्वासन जीवन बाँचिरहेको छ ।

यस्तोमा ऊसामु रअका अन्य एजेन्टलाई पाकिस्तानबाट उद्धार गर्नुपर्ने जिम्मा आइलाग्छ । पारिवारिक चुनौतीको बाबजुद टाइगर मिसनमा फर्किनुपर्ने हुन्छ । उसको मिसनमा बदलाप्रेरित ढंगले अघि बढेका इमरान हासमी अवरोध बन्छन् । लुकामारी, दौडधुप र भरमार एक्सनसहित ‘टाइगर ३’ अघि बढ्छ ।

फिल्मको अन्त्यमा युनिभर्सको आगामी श्रृंखलाको रुपमा ‘वार’ कबीर अर्थात् ऋतिक रोशनलाई दर्शाइएको छ । कबीरलाई खतरनाक लडाकुको भूमिकामा देखाइएको छ ।

तिहार बिदामा रिलिज भएको यो फिल्मले आक्रामक ओपनिङ गर्ने पक्का छ ।

स्रोत- एएनआई

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार  ९ : ३४ बजे

सद्भावको सन्देश लिएर जिल्ला जान आफ्ना सांसदहरुलाई रविको निर्देशन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसदहरुलाई सद्भावको

सामाजिक सञ्जाल र पत्रकारलाई एकै घानमा हालेर सञ्चारमन्त्रीले लगाए भ्रम फैल्याएको आरोप

काठमाडौं- सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले सुनसरीसहित मधेश प्रदेशका

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं- धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले

रास्वपा बैठकमा रविको आक्रोश– ‘पद चाहिए मलाई भन्नू, मिडियालाई होइन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एक महिनापछि बुधबार

विद्युत् ‘पोल’ भाडा बक्यौता असुली प्रक्रिया सुरु

काठमाडौं– लामो समयदेखि रोकिएको नेपाल विद्युत् प्राधिकरणको विद्युत् ‘पोल’ भाडा बक्यौता