नेतृत्वले गर्ने गलत निर्णयको भारी पार्टीले बोक्दैन : गगन थापा « Khabarhub

नेतृत्वले गर्ने गलत निर्णयको भारी पार्टीले बोक्दैन : गगन थापा


२८ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्व प्रधानमन्त्रीहरुको बन्द कोठाको बैठकमा हुने सम्झौतालाई पार्टीहरुबीचको सहमति मान्न नसकिने बताएका छन् ।

मंगलबार साँझ सामाजिक सञ्जालमार्फत महामन्त्री थापाले टिकटक बन्द गर्ने सरकारको निर्णयमा आपत्ति जनाउँदै पार्टी प्रमुखहरू बसेर गर्ने हरेक निर्णय र सम्झौताको भारी पार्टीले बोक्न नसक्ने बताएका हुन् ।

‘प्रमज्यू, पूर्व प्रधानमन्त्रीज्यूहरूको क्लबको बन्द कोठाका बैठकमा हुने सम्झौता पार्टीहरूको बिचमा भएको सहमति नभन्नुहोस्, नभन्ठान्नुहोस्। यो तपाईँहरू बिचको समझदारी हो पार्टीहरू बिचको होइन। पार्टी भनेको पार्टी प्रमुखको निजी कम्पनी होइन, कुनै मत पार्टीको मत हुन पार्टी भित्र छलफल हुनुपर्छ। अतः पार्टी प्रमुखहरू बसेर गर्ने यस्ता लहडी निर्णय र सम्झौताको भारी हामी बोक्दैनौ पार्टीले बोक्न सक्दैन’ उनले उल्ेलेख गरेका छन् ।

साथै थापाले अभिव्यक्ति स्वतन्त्रता माथि धावा बोल्ने र अंकुश लगाउने कामविरुद्ध आफूहरु सधै विरोधमा उत्रने समेत बताएका छन् । उनले भनेका छन्, ‘जहाँ प्रजातन्त्रको आधारभूत विषय आउँछ, त्यहाँ निर्णय गर्ने ठाउँमा को छ हेरिँदैन। हिजो ज्ञानेन्द्रको शासन हुँदा होस् वा केही समय अगाडि नेकपाको सरकार हुँदा होस्, जहिले–जहिले अभिव्यक्ति स्वतन्त्रता माथि धावा बोल्ने र अंकुश लगाउने काम भयो, हामी त्यसको विरुद्ध उभिएका छौँ, उभिइरहने छौं। हिजो त्यहीँ काम अरूले गर्दा गलत, हामीले गर्दा सही हुँदैन।’

प्रकाशित मिति : २८ कार्तिक २०८०, मंगलबार  ८ : ३५ बजे

वर्षाले खेल प्रभावित हुँदा एसियाड क्वाटरफाइनलबाटै बाहिरियो नेपाल : श्रीलंका सेमिफाइनलमा

काठमाडौँ– लगातारको वर्षाले खेल प्रभावित हुँदा समूह विजेता बन्दै क्वाटरफाइनल

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज १३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक