सुनसरीमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु | Khabarhub Khabarhub

सुनसरीमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु


३० कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

इनरुवा- सुनसरीमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । धरान उपमहानगरपालिका–६ मालपोत चोकमा गए राति भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन् ।

मृत्यु हुनेमा मोरङको केराबारी गाउँपालिका–५ का ३४ वर्षीय पदमबहादुर लिम्बू रहेको प्रहरी नायब उपरीक्षक नवीनकृण भण्डारीले जानकारी दिए । दुर्घटनामा सोही ठाउँका २३ वर्षीया जेनिशा मगर, ४५ वर्षीया अञ्जना मगर र २४ वर्षीया रविना मगर घाइते भएका छन् ।

को२ह ५५६५ नंको टेम्पो अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते चारै जनालाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरान लगिएकामा लिम्बूको उपचारका क्रममा मृत्यु भएको हो । फरार भएका टेम्पोका चालकको प्रहरीले खोजी गरिरहेको छ ।

त्यसैगरी मोटसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका सुनसरीको इनरुवा–३ का ६० वर्षीय बालकुमार खतिवाडाको बुधबार निधन भएको छ । बा२७प ८७०१ नंको मोटरसाइकलले उनलाई ठक्कर दिएको हो ।

खतिवडाको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहीबार  ३ : २० बजे

ऋण भुक्तानीमै सकियो बजेटको १९.४६ प्रतिशत हिस्सा

काठमाडौँ – सरकारले चालु आर्थिक वर्षको ११ महिनामा सार्वजनिक ऋणको

सर्पले डसेर १३ वर्षीय किशोरको मृत्यु

अमरगढी– परशुराम नगरपालिका–७ सादनी निवासी १३ वर्षीय किशोर प्रकाश भट्टराईको

विभिन्न राजमार्गका ६ ठाउँमा सडक अवरुद्ध

काठमाडौं– बाढी र पहिरोका कारण देशका विभिन्न ६ स्थानमा सडक

एम्बुलेन्स मर्मत गरी शववाहन सञ्चालन

ओखलढुङ्गा– शेर्पा समाज बेल्जियम र जर्मनको आर्थिक सहयोगमा ओखलढुंगाको खिजीदेम्बा

जुम्लाको सिंजालाई पोषणमैत्री पालिका घोषणा गरिँदै

जुम्ला– जुम्लाको सिंजा गाउँपालिकाभित्रका ६ स्वास्थ्य संस्थालाई पोषणमैत्री वडा घोषणा