निर्माताले ‘दिमाग खराब’ को प्रदर्शन रोक्ने घोषणा गरेसँगै खैलाबैला | Khabarhub Khabarhub

निर्माताले ‘दिमाग खराब’ को प्रदर्शन रोक्ने घोषणा गरेसँगै खैलाबैला


३० कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- शो संख्या र सेयर बाँडफाँडमा आपत्ति जनाउँदै फिल्म ‘दिमाग खराब’ का निर्माताले प्रदर्शन रोक्ने घोषणा गरेसँगै खैलाबैला सुरु भएको छ ।

निर्माता रौनकविक्रम कँडेल र निर्देशक निश्चल बस्नेतले विज्ञप्ति जारी गर्दै भनेका छन्– हामीले चाहेको समान व्यवहार हो र जबसम्म विदेशी चलचित्र र नेपाली चलचित्रलाई बराबरी शो प्रदान गरिँदैन तथा फिल्म प्रदर्शन भैरहञ्जेल बराबरी सेयर बाँडफाँड हुँदैन तबसम्म नेपालमा चलचित्र प्रदर्शन रोक्ने निर्णय गरेका छौं ।

यसबारे निर्देशक बस्नेतले फेसबुक लाइभमार्फत पनि जानकारी गराएका थिए । उनले भनेका छन्– ‘उत्साहका साथ मानिसहरु आइरहनु भए पनि कम शोमा चित्त बुझाउनुपर्ने ? जबसम्म हाम्रो लगानी सुरक्षित गर्ने वातावरण पाउँदैनौं, तबसम्म फिल्म चलाउँदैनौं । बरु वैकिल्पक विधिबाट फिल्म देखाउँछौं ।’

उनका अनुसार अहिले विदेशी फिल्मले १० वटा शो पाउँदा चलचित्र दिमाग खराबले ३ देखि ४ वटा मात्रै पाएको छ । नेपाली चलचित्रलाई हलहरुले प्राथमिकता नदिएकाले यो निर्णय लिन बाध्य हुनुपरेको समेत उनले बताएका छन् ।

‘कसैलाई निहुँ खोज्न, रिस राखेर यो गरेको होइन । सबैले व्यापार गरेपछि राम्रो फल आओस् भन्ने आशा गर्नु हुन्छ, त्यति मात्र गरेको हो’, बस्नेतले प्रष्टीकरण दिएका छन्, ‘चुनौती लिएरै यो निर्णय गरेका छौं, अफिसियल लेटरमा लेखेर पनि चाँडै सार्वजनिक गर्छौं ।’

बस्नेतले ‘वर्ड अफ माउथ’ राम्रो हुँदै गएपनि हलहरुले शो नदिएको गुनासो गरे । उनले विदेशी फिल्म बराबर आफूहरुलाई शो दिनुपर्ने समेत बताए । ‘जतिसम्म शो चलिरहन्छ त्यतिञ्जेल प्रोड्यूसरले ५०र५० प्रतिशत शेयर समेत पाउनुपर्छ भन्ने हाम्रो माग हो’, बस्नेतले भने ।

उनका अनुसार, पहिलो र दोस्रो हप्ता फिल्म लाग्दा निर्माताहरुले आम्दानीको ५० प्रतिशत पाउँछन् भने वितरकहरुले ५० प्रतिशत राख्छन्, त्यसमा डिस्ट्रिब्युटरको शेयर, करहरु लगायत काटिन्छ ।

‘तेस्रो हप्तामा निर्माताले पाउने भनेको ३५ प्रतिशत हो, फिल्मको वर्ड अफ माउथ राम्रो हुँदै अहिले बल्ल अकुपेन्सी दैनिक बढिरहेको छ’, बस्नेतले भने, ‘हल भरिँदै गएको छ, तर शो घट्दै गएको छ । विदेशी फिल्मको व्यापार घट्दै जाँदा मात्र बढी पाउने हिसाबको देखिएको छ, त्यतिबेला निर्माताले कति प्रतिशत पाउँछन् ?’

फिल्म निर्माणमा चार करोड रुपैयाँभन्दा बढी खर्च भएको समेत उनले बताएका छन् । ‘हामीले व्यापार मात्र हेरेका होइनौं, तर कामको मूल्य त हुनुपर्‍यो भन्ने हो’, बस्नेतले भनेका छन् ।

स्रोत- एएनआई

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहीबार  ४ : ०५ बजे

पूर्व प्रधानमन्त्री र पार्टी प्रमुखहरूले आत्मालोचना गर्दै बिदा लिनुपर्छ : नेता रावल

काठमाडौं – नेकपा (एमाले)का नेता झपट रावलले वर्तमान राजनीतिक दलका

रास्वपाले पार्टीको झण्डा आधा झुकाउने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को भर्चुअल माध्यमबाट बसेको केन्द्रीय

संयुक्त राष्ट्रसङ्घ प्रतिवेदन: दक्षिण सुडानमा अर्बौं डलर भ्रष्टाचार

नैरोबी – संयुक्त राष्ट्रसङ्घको एक रिपोर्टले दक्षिण सुडानका सरकारी अधिकारीहरूले

‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना र ४५ सवारीसाधनमा आगजनी

सुर्खेत – ‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना

तोडफोड तथा आगजनी गर्नेलाई खोज्दै प्रहरी

चितवन – जेनजी आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्नको खोजीमा