प्रदेशस्तरीय फाइभ ए साइड फुटसल प्रतियोगिता सुरु « Khabarhub

प्रदेशस्तरीय फाइभ ए साइड फुटसल प्रतियोगिता सुरु


३० कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

गण्डकी – गण्डकी प्रदेशका नेवार समुदायका युुवालाई एकताबद्ध तुल्याउन विगत सात वर्षदेखि हरेक वर्ष हुँदै आएको फाइभ ए साइड फुटसल प्रतियोगिता आजदेखि सुरु भएको छ । नेवाः ल्यामपुच कास्कीले प्रतियोगिता आयोजना गरेको हो ।

तीन दिनसम्म सञ्चालन हुने फाइभ ए साइड प्रतियोगिताको यो सातौँ संस्करणमा रामकृष्ण टोल ल्यामपुच कास्कीको व्यवस्थापनमा रामकृष्ण टोलस्थित वि फिट फुटसल ग्राउण्डमा सुरु प्रतियोगितामा कास्की जिल्लाभित्रका १६ वटा नेवारी समुदायका टिमको सहभागिता छ ।

प्रतियोगिताको उद्घाटन कार्यक्रममा नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखेले नेवारी समुदायभित्र आपसी सम्बन्ध बढाउन खेलकुद प्रतियोगिता आवश्यक रहेको बताए ।

पोखरा महानगरपालिका–४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले समुदायस्तरबाटै हुने यस्ता प्रतियोगिताले राष्ट्रिय खेलाडी उत्पादनमा भूमिका निर्वाह गर्ने धारणा व्यक्त गरे।

पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष पवन प्रजापतिले संस्थाको सामाजिक उत्तरदायित्वस्वरुप यस्ता क्रियाकलाप आवश्यक रहेकामा जोड दिँदै युवा जनशक्तिलाई देशभित्र बस्ने वातावरण बनाउन युवामैत्री क्रियाकलाप आवश्यक हुने बताए ।

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहीबार  १० : २६ बजे

सीमा विवादबारे परराष्ट्रमन्त्रीको भूमिकामा प्रश्न उठाइन् खुश्वुले

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्वु ओलीले भारतसँगको सीमा

पूर्व बालसैनिकसम्बन्धी रिटमा सर्वोच्चको परमादेश, लेनिनले भने : एउटा लडाइँ जित्यौँ

काठमाडौं- सर्वोच्च अदालतको पूर्ण इजलासले पूर्व बालसैनिकसम्बन्धी रिट निवेदनमा परमादेश

पोखराको रास्वपा अधिवेशनस्थल घेरे जेन-जीका आफन्तले (तस्बिरहरू)

पोखरा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को गण्डकी प्रदेश अधिवेशन पोखरा

फिफा विश्‍वकपको एक खेल प्रत्यक्ष हेर्न खर्चिनु पर्छ काठमाडौंमा एउटा घर आउने रकम

काठमाडौं- फिफाले विश्वकप २०२६ केवल फुटबलको महाकुम्भ मात्र नभई इतिहासकै

परराष्ट्रमन्त्री खनाल आइतबार तीन दिने चीन भ्रमणमा जाने

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर आइतबार तीन दिने औपचारिक भ्रमणका लागि उत्तरी