फिफा विश्वकप छनोट : उरुग्वेसँग अर्जेन्टिना स्तब्ध « Khabarhub

फिफा विश्वकप छनोट : उरुग्वेसँग अर्जेन्टिना स्तब्ध


१ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिफा विश्वकप फुटबल छनोटमा उरुग्वेसँग अर्जेन्टिना स्तब्ध भएको छ । आज बिहान भएको खेलमा साविक विजेता अर्जेन्टिनालाई २–० गोलले हराउँदै उरुग्वे विजयी भएको हो ।

उरुग्वेका लागि रोनाल्ड अरौजोडार्विन नुनेजले एक–एक गोल गरेका थिए । खेलको ४१औँ मिनेटमा अरौजोले गरेको गोलमा ८७औँ मिनेटमा नुनेजले गोल थप्दै उरुग्वेको जितलाई सुनिश्चित बनाए । 

गत वर्षको विश्वकपमा साउदी अरेबियासँग पराजित भएपछि अर्जेन्टिनाको यो पहिलो हार हो । यस्तै, विश्वकप छनौटमा पनि अर्जेन्टिनाको यो पहिलो हार हो ।

यो जितसँगै उरुग्वे ५ खेलबाट १० अंकसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने पराजित भएको अर्जेन्टिना १२ अंकसहित शीर्षस्थानमा यथावत छ । 

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार  ९ : ०० बजे

दक्षिण सुडानमा ६ लाख ६१ हजारभन्दा बढी शरणार्थी, ७५ प्रतिशत महिला र बालबालिका

जुबा- दक्षिण सुडानले देशभरका ३१ स्थानमा ६ लाख ६१ हजार ५२९

कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह

कर्णाली– कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले कर्णालीको विकासमा केन्द्रित हुन

‘संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक गणतन्त्र बलियो हुन्छ’

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक

रूपन्देहीबाट ८३ फरार प्रतिवादी पक्राउ, फैसला कार्यान्वयनमा जोड

रूपन्देही– जिल्ला प्रहरी कार्यालय रूपन्देहीले अदालतको फैसला कार्यान्वयनका क्रममा गत

यमनमा साउदी हवाई आक्रमण तीव्र

यमन- यमनमा हुथी विद्रोही र साउदी नेतृत्वको गठबन्धनबीचको तनाव चर्किँदै गएको