नगरपालिकाको खर्चमा जापान जान लागेका वडा अध्यक्षलाई पार्टीले रोक्यो | Khabarhub Khabarhub

नगरपालिकाको खर्चमा जापान जान लागेका वडा अध्यक्षलाई पार्टीले रोक्यो


११ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– नगर प्रमुखको नेतृत्वमा जापान भ्रमण जान लागेका जैमिनी नगरपालिका–५ का वडाध्यक्ष गोपालप्रसाद शर्मालाई पार्टीले रोकेको छ । शर्मा राष्ट्रिय जनमोर्चाबाट निर्वाचित वडाध्यक्ष हुन् ।

नगरपालिकाको खर्चमा जापान भ्रमण जानु अनुचित भएकाले पार्टीले भ्रमण रद्द गरेको राजमो बागलुङका अध्यक्ष अमर थापाले बताए । “नगरपालिकाको खर्चमा विदेश घुम्न जानु उपयुक्त होइन भन्ने हाम्रो धारणा हो”, उनले भने “पार्टीले रोकेपछि उहाँ जापान नजाने हुनुभएको छ ।”

नगरपालिकाको खर्चमा नगरप्रमुख ईन्द्रराज पौडेलसहितको टोली जापान भ्रमणमा जाने भएपछि त्यसको आलोचना भइरहेको छ । “पार्टीले जापान भ्रमण नजानु भन्यो मैले त्यसलाई सहस्र स्वीकार गरेँ” वडाध्यक्ष शर्माले भने ।

‘द वल्र्ड भिजन’ नामक गैरसरकारी संस्थाको निमन्त्रणामा नगरप्रमुख पौडेलको नेतृत्वमा छ सदस्यीय भ्रमण टोली सोमबार जापान प्रस्थान गर्दैछ । “सात सदस्यीय टोली भ्रमणमा जाने निश्चित भएको थियो”, नगरप्रमुख ईन्द्रराज पौडेलले भने, “एकजना वडाध्यक्षले पार्टीले अनुमति नदिएका कारण जान नसक्ने जानकारी गराउनुभएको छ ।”

भ्रमणमा प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्मा, वडा नं– २ का अध्यक्ष लक्ष्मीप्रसाद सापकोटा, वडा नं– २ का सदस्य प्रेमप्रसाद सापकोटा, वडा नं–६ का सदस्य केशव चालिसे र नगर कार्यपालिका सदस्य लालबहादुर परियार पनि जाँदै छन् ।

भ्रमण टोलीमा पूर्व सासंद प्रकाश शर्मा पौडेल, सुन्तलाचौर माविका प्रअ नन्दलाल सापकोटा र अर्का एक स्थानीय पनि जाँदै छन् । उनीहरु भने व्यक्तिगत खर्चमा जान लागेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्माले बताए ।

चालू आवका लागि भ्रमण शीर्षकमा छुट्ट्याइएको रु दश लाख बजेटमा नगरपालिकाको टोली जापान जान लागेको हो । “नगरसभा र कार्यपालिकामा व्यापक छलफल गरेर भ्रमणबारे निर्णय भएको हो”, नगरप्रमुख पौडेलले भने “अत्यन्त न्यून खर्चमा जाँदैछौँ, भ्रमण उपलब्धिमूलक बन्नेमा ढुक्क छौँ ।”

भ्रमणमा बोलाउने संस्थाले जैमिनी नगरपालिकामा विद्यालय भवन निर्माण, एम्बुलेन्सलगायतमा सहयोग गरेको जनाइएको छ । उक्त संस्थाबाट थप सहयोग लिन र जापानको विकासबाट केही सिक्न भ्रमण फलदायी हुने नगरपालिकाको दाबी छ । भ्रमणको कार्यसूचीमा जापानको ओसाका नगरपालिकासँग भगिनी सम्बन्ध स्थापनाका लाग प्रस्ताव गर्नेसमेत उल्लेख छ ।

प्रकाशित मिति : ११ श्रावण २०७६, शनिबार  २ : ४२ बजे

मनोहराले बगाएर ल्यायो ग्यास बुलेट, लिकेजपछि च्यासल क्षेत्रमा त्रास

काठमाडौं– मनोहरा खोलाले ग्यास बुलेट बगाएको छ । बाढीले बगाएर

ललितपुरको किस्ट अस्पतालनमा पानी पस्यो, बिरामीलाई अन्तै सारियो

काठमाडौं– ललितपुरको किस्ट अस्पतालको पर्खाल भत्किएपछि स्थानीय कर्मनाशा खोलाको पानी

बाढीले एमाले मुख्यालय डुबानमा (तस्बिरसहित)

काठमाडौं– गत बिहीबार रातिदेखिको अविरल वर्षाका कारण आएको बाढीले एमाले

पाँचथरमा भवन भत्किँदा दुईजनाको मृत्यु

पाँचथर– अविरल वर्षाका कारण पाँचथर सदरमुकाम फिदिममा भवन भत्किँदा दुईजनाको

कुलेखानी जलाशयको ढोका खोलियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर– अविरल वर्षासँगै मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी प्रथम जलविद्युत् केन्द्रको