‘टाइगर ३’ को कारण चर्चामा कट्रिना कैफ  « Khabarhub

‘टाइगर ३’ को कारण चर्चामा कट्रिना कैफ 


२ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभिनेत्री कट्रिना कैफ पछिल्लो समय फिल्म ‘टाइगर ३’ को कारण चर्चामा छिन् । केही दिनअगाडि रिलिज भएको फिल्मले बक्स अफिसमा राम्रो व्यवसाय गरिरहेको छ ।

‘टाइगर ३’ को अलावा उनको फिल्म ‘मेरी क्रिसमस’ पनि चर्चामा छ । यो फिल्ममा उनी विजय सेतुपतिको जोडीको रूपमा देखिँदै छिन् ।
फिल्मको अहिले रिलिज मिति परिवर्तन भएको खबर बाहिरिएको छ । फिल्मको रिलिज डेट १५ डिसेम्बरबाट सरेर नयाँ वर्षमा पुगेको छ । 

फिल्म अव १२ जनवरी २०२४ मा प्रदर्शन हुनेछ । फिल्मको रिलिज मिति परिवर्तन भएको यो दोस्रो पटक हो । यस अगाडि फिल्म १५ डिसेम्बरबाट सरेर ८ मा पुगेको थियो । कट्रिनाको अभिनय रहेको फिल्म ‘योद्धा’ १५ डिसेम्बरमा आउन लागेको कारण यो फिल्म ८ डिसेम्बरमा सारिएको थियो । 

अहिले निर्माण युनिटले यो मितिबाट पनि सारेर नयाँ वर्ष पुर्‍याएको छ । ‘मेरी क्रिसमस’मा कट्रीना र विजय पहिलोपटक एकसाथ देखिन लागेका हुन् । विजय यसअगाडि शाहरुखको फिल्म ‘जवान’ भिलेनको रूपमा समेत देखिएका थिए । 

प्रकाशित मिति : २ मंसिर २०८०, शनिबार  १ : ११ बजे

झिनो अंकले बढ्यो नेप्से, १३४ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– आइतबार र सोमबार ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मंगलबार

प्रभावकारी बन्दै दिगो वन व्यवस्थापन कार्यक्रम

चन्द्रपुर– रौतहटका सामुदायिक वनमा दिगो वन व्यवस्थापन कार्यक्रम प्रभावकारी बन्दै

जापानका पूर्वसम्राट अकिहितोको स्वास्थ्य स्थिर

एजेन्सी – जापानका पूर्वसम्राट अकिहितोको हृदयसम्बन्धी अवस्था स्थिर रहेको दरबारका

बालेनसँगको भेटबारे रवि : सबै वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं