करको दायरा बढाउन पाकिस्तानलाई आईएमएफको आग्रह « Khabarhub

करको दायरा बढाउन पाकिस्तानलाई आईएमएफको आग्रह


२ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले पाकिस्तानलाई करको दायरा बढाउन आग्रह गरेको छ । आईएमएफले पाकिस्तानी अधिकारीलाई कृषि, घरजग्गा, खुद्रा व्यापारजस्ता क्षेत्रलाई करको दायरामा ल्याउन आग्रह गरेको हो ।

आर्थिक समस्याको सामना गरिरहेको पाकिस्तानका अधिकारीहरुसँगको भेटवार्ताका क्रममा आईएमएफले यस्तो आग्रह गरेको पाकिस्तानको जियो न्युजले जनाएको छ ।

पाकिस्तान र आईएमएफबीच ३ अर्ब डलरबराबरको सम्झौता हुनुअघि आईएमएफले पाकिस्तानलाई करको दायरा बढाउन आग्रह गरेको हो ।

पाकिस्तानको संघीय राजश्व बोर्डले अन्तर्राष्ट्रिय दाताहरुसँग कर संकलन योजनाबारे छलफल गरेको र यसबारे आईएमएफले थप सुझाव दिने भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

आईएमएफले कृषि क्षेत्रलाई करको दायरामा ल्याउन पाकिस्तानका प्रान्तीय निकायहरुबाट निश्चित समयसीमाको अपेक्षा गरिएको बुझिएको छ ।

प्रकाशित मिति : २ मंसिर २०८०, शनिबार  ६ : १५ बजे

राष्ट्र बैंक नियमन नियन्त्रणका लागि मात्र होइन, उत्पादनमा सक्रिय हुनुपर्छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकलाई केवल

मकवानपुरमा तरकारी बोकेको ट्रक दुर्घटना : एक जनाको मृत्यु, चालक घाइते

मकवानपुर – त्रिभुवन राजमार्गअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका-२ स्थित तिलटारमा तरकारी

सरकार र अभियान्ता ज्योति रानाभाटबीच १९ बुँदे सहमति, अनसन स्थगित

काठमाडौँ – विभिन्न माग राखेर आमरण अनसनमा बसेकी नर्स तथा

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले आज मन्त्रिपरिषद्को बैठक आह्वान गरेका

दुई घण्टापछि खुल्यो मुग्लिन-नारायणगढ सडक

चितवन – पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ-मुग्लिन सडक खण्ड दुई