भारतको जम्मु कश्मीरका दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा विस्तार हुँदै « Khabarhub

भारतको जम्मु कश्मीरका दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा विस्तार हुँदै


२ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

श्रीनगर- भारतको जम्मु कश्मीरका दुर्गम क्षेत्रमा तीव्र गतिमा स्वास्थ्य सेवा विस्तार भइरहेको पाइएको छ । सामुदायिक स्वास्थ्य केन्द्रका माध्यमबाट भारत सरकारले जम्मु कश्मीरमा स्वास्थ्य विस्तार गरिरहेको छ । जम्मु कश्मीरस्थित राजौरी जिल्लाको कन्डी क्षेत्रमा स्थापित सामुदायिक स्वास्थ्य केन्द्रमा आयुष्मान भारत प्रधानमन्त्री जन आरोग्य योजना सेहद कार्यक्रमअन्तर्गत स्वास्थ्य सेवा प्रदान गरिएको हो ।

यस कार्यक्रमअनुसार स्वास्थ्य जाँच, औषधि, एम्बुलेन्सजस्ता सेवाहरु निशुल्क प्रदान गरिन्छ । भारतीय समाचार संस्था एएनआईका अनुसार कन्डी कोट्रानाका क्षेत्रमा बसोबास गर्ने ८५ प्रतिशत मानिसहरु गरिबीको रेखामुनी रहेका छन् ।

सो क्षेत्रमा बसोबास गर्ने गरिब जनताको स्वास्थ्य सेवाई मध्यनजर गर्दै एक्सरे, ईसीजी, अल्ट्रासाउन्ड, दन्त सेवा र आकस्मिक सेवाहरु उपलब्ध गराइएको छ । कन्डी सामुदायिक स्वास्थ्य केन्द्रमा ब्लक मेडिकल अधिकृतका रुपमा कार्यरत डा. विनोद भटले कन्डी र पिर पञ्जल क्षेत्रमा जाडोयाममा देखा पर्ने समस्यालाई मध्यनजर गर्दै उच्च सावधानी अपनाइएको जानकारी दिए ।

एएनआईसँगको कुराकानीमा उनले अहिले निकै चिसो बढेकाले आफूहरुले स्वास्थ्यकर्मीहरुलाई सावधानी अपनाउन निर्देशन दिएको बताए । उनले पर्याप्त मात्रामा आपूर्ति गरिएकाले चिसो मौसममा पनि स्वास्थ्य उपकरण एवम् औषधिको अभाव नहुने उल्लेख गरे ।

प्रकाशित मिति : २ मंसिर २०८०, शनिबार  ६ : ५५ बजे

भव्य रह्यो ‘मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’ को अडिसन

काठमाडौं – राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम वर्ल्ड नेपाल–२०२६’ को

दार्जिलिङमा गीतकार आर.बी. खड्काको ‘फर्केर हेर्दा’ भव्य रूपमा लोकार्पण

दार्जिलिङ – गीतकार आर.बी. खड्काद्वारा रचित गीतसङ्ग्रह ‘फर्केर हेर्दा’ भारतको

भ्रष्टाचार नियन्त्रण गर्न सक्ने कांग्रेस बनाउन केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : निर्मला बास्ताकोटी

काठमाडौँ – नेपाली कांग्रेसकी नेत्री निर्मला बास्ताकोटीले भ्रष्टाचार नियन्त्रण गर्न

ओमान ‘ए’ लाई दुई विकेटले हराउँदै नेपाल विजयी

काठमाडौँ– आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय

सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता

तान्जानिया – तान्जानियाको अरुसामा आयोजित अन्तर–संसदीय सङ्घ (आईपीयू) को १५३औँ