बङ्गलादेशमा ‘मिधिली’ चक्रवातका कारण सात जनाको मृत्यु « Khabarhub

बङ्गलादेशमा ‘मिधिली’ चक्रवातका कारण सात जनाको मृत्यु


२ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

ढाका- बङ्गलादेशमा आएको चक्रवात ‘मिधिली’ को प्रभावका कारण ७ जनाको मृत्यु भएको छ ।

चक्रवातले शुक्रबार दिउँसोपछि बङ्गलादेशको तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याएको हो । राजधानी ढाकाबाट करिब ४ सय किलोमिटर दक्षिणपूर्वमा पर्ने कक्स बजार जिल्लामा भारी वर्षाका कारण माटोको घरको पर्खाल भत्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको स्थानीय सरकारी स्रोतले जनाएको छ ।

दक्षिणपूर्वी चट्टोग्राम र मध्य टाङ्गेल जिल्लामा रूखले किचेर थप तीन जनाको मृत्यु भएको छ । आँधीले तटीय जिल्लाहरूमा बालीनालीमा क्षति पुर्‍याएको छ भने दशौँ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । बङ्गलादेशको तटीय क्षेत्रमा शुक्रबार भीषण हावाहुरीका कारण बिजुलीका खम्बा उखेलेपछि विद्युत आपूर्ति बन्द भएको छ ।

चक्रवातले अनुमान गरेभन्दा छिटो भूस्खलन गरेका कारण माझीहरूलाई सुरक्षित आश्रय स्थलमा फर्कन पर्याप्त समय व्यवस्थापन गर्न नसक्दा अनुमानित ३०० मछुवाहरू देशको दक्षिण पश्चिममा रहेको सुन्दरवनमा आश्रय लिन बाध्य भएको विश्वास गरिएको छ ।

स्थानीय अङ्ग्रेजी पत्रिका न्यू एजले शनिबार प्रकाशित गरेको एक रिपोर्टमा ‘बरगुना डिस्ट्रिक्ट फिसिङ ट्रालर ओनर्स एसोसिएसन’ का अध्यक्ष गोलम मोस्तोफा चौधरीलाई उद्धृत गर्दै भनिएको छ, “३०० जना मछुवा बोकेका २५ वटा माछा मार्न प्रयोग गरिने साना डुङ्गा गन्तव्यसम्म फर्केका छैनन् ।”

प्रकाशित मिति : २ मंसिर २०८०, शनिबार  ७ : २४ बजे

आईसीयूमा उपचाररतसँग अन्तर्वार्ताबारे काउन्सिलले भन्यो, ‘जानकारीमा आयो, अनुगमन गर्दैछौँ

काठमाडौं- रसुवाको भोटेकोशीमा गत भदौ १० गते गएको बाढीमा परेर

गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला

गुल्मी- स्थानीय निस्ती खोलाले बगाएर बेपत्ता भएकी मुसिकोट नगरपालिका–५ की

प्रधानमन्त्रीलाई भेटेलगत्तै सिंहदरबारबाटै पक्राउ परे नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष

काठमाडौं- नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ सोमबार सिंहदरबारबाटै पक्राउ

कांग्रेसको विवाद चर्किँदै : देउवा पक्षले भन्यो, ‘असोज ३ देखि हुने महाधिवेशनमा सहभागी नहुनू’

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र देखिएको विवाद थप

तीज : पशुपतिनाथमा महिला दर्शनार्थीको घुइँचो

काठमाडौं- तीजका अवसरमा आराध्यदेव भगवान् श्री पशुपतिनाथ मन्दिरमा १० बजेपछि