जनताको कामलाई प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन « Khabarhub

जनताको कामलाई प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन


३ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताका कामलाई प्राथमिकता दिएर सेवा गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

रुकुम पूर्व पुगेका प्रधानमन्त्री दाहालले जिल्लाका कार्यालय प्रमुखहरूसँगको भेटमा जनताको कामलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

कार्यालय प्रमुखहरूसँगको भेटमा प्रधानमन्त्रीले जनताको काममा कुनै ढिलाइ नगर्न तथा सुशासनलाई विशेष ध्यान दिन निर्देशन दिए ।

प्रधानमन्त्रीले सरकारले देशमा सुशासन, सामाजिक न्याय र समृद्धिका लागि अघि बढेको जनाउँदै त्यसमा साथ दिन आग्रह गरे । प्रधानमन्त्री दाहाल रुकुम पूर्वका विभिन्न कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री आज त्यहाँ पुगेका हुन् ।

यस्तै, रुकुम पूर्वको विकट गाउँका रुपमा परिचित पुथा उत्तरगङ्गाको मैकोट पुगेका प्रधानमन्त्री दाहाललाई मैकोटवासीले भव्य स्वागत गरेका छन् ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  १२ : ४९ बजे

वसन्तपुरमा योमरी पुन्हीको रौनक (तस्बिरहरू)

काठमाडौं– मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन अर्थात्, आज धानको विधिपूर्वक पूजाआजा

काठमाडौंविरुद्ध पोखराले गुमायो दुई विकेट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको

झापामा नरिवलको व्यावसायिक खेती

झापा– समुन्द्री तटीय क्षेत्रमा व्यापक मात्रामा हुने नरिवलको खेती झापामा

मङ्सिर २१ भित्र योजना छनोट गरेर पठाउन प्रदेश सरकार निर्देशन

सुर्खेत– कर्णाली प्रदेश सरकारले मङ्सिर २१ गतेभित्र आगामी आर्थिक वर्ष

देशभर हर्षोल्लासका साथ उँधौली पर्व मनाइँदै

काठमाडौं– मङ्सिर पूर्णिमाका अवसरमा पितृको मान र प्रकृतिको सम्मानमा किराँत