पाँच सयभन्दा बढी रोहिङ्ग्या शरणार्थी इण्डोनेसिया पुगे : राष्ट्रसङ्घ | Khabarhub Khabarhub

पाँच सयभन्दा बढी रोहिङ्ग्या शरणार्थी इण्डोनेसिया पुगे : राष्ट्रसङ्घ


३ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाँच सयभन्दा बढी रोहिङ्ग्या शरणार्थी इण्डोनेसिया पुगेका छन् । पाँच सयभन्दा धेरै रोहिङ्ग्या शरणार्थी बोकेका तीन वटा डुङ्गा आइतबार इण्डोनेसियाको सबैभन्दा पश्चिमी प्रान्त पुगेको संयुक्त राष्ट्रसङ्घीय एजेन्सी यूएनएचसीआरले जनाएको छ । सन् २०१७ मा म्यान्मारद्वारा अल्पसङ्ख्यक रोहिङ्ग्या समूहमाथि सैन्य कारबाही सुरु गरेपछिको यो सबैभन्दा ठूलो आगमनमध्येको एक हो ।

अधिकांश मुस्लिम रोहिङ्ग्याले म्यान्मारमा व्यापक उत्पीडनको सामना गर्नुपरेको छ र उनीहरू प्रत्येक वर्ष आफ्नो ज्यानलाई जोखिममा राखेर प्रायः कमजोर डुङ्गामा मलेसिया वा इण्डोनेसियासम्म पुग्ने प्रयासमा लामो र महङ्गो समुद्री यात्रा गर्छन् । राष्ट्रसङ्घीय शरणार्थी एजेन्सीका सहयोगी फैसल रहमानले एउटा डुङ्गा आचे प्रान्तको बिरेयुन जिल्लामा दुई सय ५६ रोहिङ्ग्या लिएर आइपुगेको र अर्को कम्तीमा दुई सय ३९ बोकेर आचेको पिडी क्षेत्रमा आइपुगेको जानकारी दिएका छन् ।

त्यस्तै ३६ जना बोकेको अर्को सानो डुङ्गा पूर्वी आचेमा आइपुगेको थियो । “उनीहरूलाई धेरै स्थानमा पाइएको छ”, उनले भने । बिरेयुन डुङ्गामा सवार दुई सय ५६ मध्ये एक सय १० महिला र ६० जना बालबालिका रहेको उनले बताए । रहमानका अनुसार त्यो त्यही डुङ्गा थियो जसलाई स्थानीय बासिन्दाहरूले समुद्रमा धकेलेका थिए । त्यसपछि उक्त डुङ्गा कयौँ दिनसम्म समुद्री तटमा अलपत्र परेको थियो ।

स्थानीय अधिकारीहरूका अनुसार पछिल्लो आगमनसँगै यो एउटै सातामा आठ सयभन्दा बढी शरणार्थी आचे प्रान्तमा आइसकेका छन् । मङ्गलबार एक सय ९६ र बुधबार एक सय ४७ शरणार्थी आएका थिए । यूएनएचसीआरका अनुसार दुई हजारभन्दा धेरै रोहिङ्ग्याले सन् २०२२ मा दक्षिणपूर्वी एसियाली मुलुकहरूको जोखिमपूर्ण यात्राको प्रयास गरेका छन् । गत वर्ष खतरनाक समुद्र पार गर्ने प्रयासमा करिब दुई सय रोहिङ्ग्या मारिएको वा हराएको यूएनएचसीआरले बताएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  ३ : १३ बजे

कैलालीका थारू बस्तीमा अटवारी पर्वको चहलपहल

कैलाली – कैलालीका थारू समुदाय बाहुल्य गाउँ तथा बस्तीमा अटवारी

सन् २०२९ सम्म भारतीय डिजिटल कारोबारको बजार तीन गुणा वृद्धि हुने

काठमाडौं – आर्थिक वर्ष सन् २०२३–२४ मा भारतीय डिजिटल भुक्तानीको

गाजामा कुपोषणका कारण मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो

गाजा – गाजापट्टीको दक्षिणी क्षेत्र खान युनिसमा शनिबार दिउँसो एक

बागलुङ कालिकामा चलचित्र ‘वसन्त’को शुभमूर्हत

गण्डकी – गलबन्दी प्रडक्सनको ब्यानरमा बन्न लागेको चलचित्र ‘वसन्त’को शनिबार

लगानीकर्ता भित्र्याउन भारतले सिंगापुरमा कार्यालय खोल्दै

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सिंगापुरमा लगानी कार्यालय स्थापना