हिन्दू राष्ट्रको माग गर्दै कोशी प्रदेशसभा सदस्य पराजुलीले गरे दण्डप्रणाम यात्रा « Khabarhub

हिन्दू राष्ट्रको माग गर्दै कोशी प्रदेशसभा सदस्य पराजुलीले गरे दण्डप्रणाम यात्रा


३ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

विराटनगर- कोशी प्रदेशसभा सदस्य भीम पराजुलीले हिन्दू राष्ट्र प्राप्तिका लागि भन्दै छठ पूजाको अवसरमा दण्डप्रणाम यात्रा गरेका छन् ।

पराजुलीले धर्म सहितको सनातन हिन्दू राष्ट्रको माग राख्दै सिंघिया घाटसम्म दण्डप्रणाम यात्रा गरेका हुन् । घरदेखि घाटसम्म शरीरले नापेर यात्रा गर्नुलाई छठमा प्रणाम यात्रा भनिन्छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका पराजुलीले हिन्दू राष्ट्र नभई देशको विकास र सुख शान्ति नहुने भन्दै १९ औं पटक दण्डप्रणाम यात्रा गरेको बताए । उनले मुलुकको शान्ति विकास र समृद्धिका लागि कामना गरेर दण्डप्रणाम यात्रा गरेको समेत बताए ।

विराटनगर महानगरपालिका–३ ठूलो मिल चोकमा रहेको शिव पाञ्चायन मन्दिरमा पूजा गर्दै सिंघिया खोलामा राखिएको पूजा स्थलसम्म झन्डै साढे ३ किलोमिटर दण्डप्रणाम गर्दै यात्रा गर्ने गरेको उनले बताए । दण्डप्रणाम यात्राका लागि शनिबारदेखि व्रत बसेको उनको भनाइ छ ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  ४ : ०० बजे

पेरिसमा दिनेश अधिकारीको ‘एकल काव्य साँझ’

काठमाडौँ– फ्रान्सका लागि नेपालका राजदूत सुधीर भट्टराईले फ्रान्समा नेपाली भाषा

ग्वार्को फ्लाईओभरको पर्खालमा ठोक्कियो बस, एक जनाको मृत्यु, १० घाइते

काठमाडौँ – ललितपुरको ग्वार्कोमा बिहीबार बिहान बस दुर्घटना हुँदा एक

ओमानको मस्कटमा नेपाल–ओमान व्यापार तथा लगानी प्रवर्द्धन कार्यक्रम

ओमान- ओमानको मस्कटस्थित नेपाली राजदूतावासले नेपाल–ओमानबीच व्यापार तथा लगानी प्रवर्द्धन

सुनको मूल्य तोलाको तीनलाख नजिक, एकै दिन ८ हजार रुपैयाँले वृद्धि

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ ।

मिलापत्रमै टुङ्गिन्छन् सम्बन्धविच्छेदका अधिकांश मुद्दा

झापा– सम्बन्धविच्छेदका लागि अदालत पुग्ने अधिकांश दम्पती अन्ततः आपसी सहमतिमै