भूकम्प पीडितको अस्थायी आवासका लागि १ अर्ब ४१ करोड निकासा « Khabarhub

भूकम्प पीडितको अस्थायी आवासका लागि १ अर्ब ४१ करोड निकासा


४ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले भूकम्प प्रभावित पाँच जिल्लामा अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताको रकम निकासा गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पहिलो किस्ता बापतको एकमुष्ट १ अर्ब ४१ करोड रुपैयाँ निकासा भएकोे जानकारी दिएको हो । सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुको नाममा उक्त रकम निकासा भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार भुकम्पको केन्द्रबिन्दु जाजरकोटमा ५० करोड रुपैयाँ निकासा भएको छ भने भूकम्पबाट प्रभावित अर्को जिल्ला (रुकुम -पश्चिम) मा पनि ५० करोड पठाइएको छ ।

बझाङ मा २५ करोड, बाजुरामा १४ करोड र सल्यानमा २ करोड रुपैयाँ निकासा भएको प्राधिकरणले जनाएको छ । सो रकम कार्यविधि अनुसार स्थानीय तहसँगको समन्वयमा लाभग्राही पहिचान गरी पालिका मार्फत नै रकम पठाउन समेत प्राधिकरणले आग्रह गरेको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  ४ : १२ बजे

नदी नियन्त्रण र सिँचाइका लागि १५ करोड बजेट

दमौली– सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भानुले चालु आर्थिक वर्ष २०८३/८४

मधेश प्रदेशमा इन्जिनियरिङ अध्ययन संस्थानको नयाँ क्याम्पस स्थापना गरिने

काठमाडौँ – सरकारले मधेश प्रदेशमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान

भारत-चीन सम्बन्धको लाभ लिन नेपालले रणनीति बदल्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतको नयाँ दिल्लीमा सम्पन्न

ट्रक दुर्घटनामा चालकको मृत्यु

दमौली – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आइतबार बिहान ट्रक

रुकुम पश्चिममा जिप दुर्घटना: दुई जनाको मृत्यु, नौ घाइते

सुर्खेत – रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ देउताखोलामा जिप दुर्घटना हुँदा