भानु नगरद्वारा जाजरकोट भूकम्प प्रभावितलाई एक लाख सहयोग « Khabarhub

भानु नगरद्वारा जाजरकोट भूकम्प प्रभावितलाई एक लाख सहयोग


४ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

दमौली –जाजरकोट भूकम्प प्रभावितका लागि तनहुँको भानु नगरपालिकाले आर्थिक सहयोग गरेको छ । नगरपालिकाले जाजरकोट भूकम्प प्रभावितका लागि रु एक लाख पाँच हजार आर्थिक सहयोग गरेको हो ।

उक्त रकम भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले जाजरकोट पुगेर प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरेका छन् । भूकम्पबाट पीडित बनेकाको राहत र उद्धारका लागि नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट थोरै भए पनि सहयोग गरिएको त्रिपाठीले बताए ।

भानु नगरपालिकाका प्रमुख त्रिपाठीको नेतृत्वमा वडाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत लगायतको टोली जाजरकोट पुगेको थियो । त्यसक्रममा उनीहरुले भूकम्पमा परी मृत्यु भएका नलगाड नगरपालिकाका उपप्रमुख सरिता सिंहको परिवारप्रति समवेदना व्यक्त गरेका थिए ।

यसअघि जिल्लाकै देवघाट गाउँपालिका र व्यास नगरपालिकाले भूकम्प पीडितका लागि रु पाँच/पाँच लाख सहयोग गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  ९ : ४२ बजे

मेची प्रादेशिक अस्पतालमा नर्सिङ कलेज सञ्चालनबारे छलफल

झापा– प्रतिनिधिसभा सदस्य इन्दिरा रानामगरले मेची प्रादेशिक अस्पतालमा नर्सिङ कलेज

सिरहा गोलबजारमा कर्फ्यु यथावत (तस्बिर)

सिरहा– सुनसरीको घटनापछि सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा गोली लागेर

निर्यात ठप्प हुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य प्रभावित

झापा– भद्रपुर भन्सार कार्यालयले निर्यात ठप्प हुँदा गत आर्थिक वर्षमा

सद्भाव र शान्तिको सन्देश दिँदै सर्लाहीमा र्‍याली

काठमाडौँ– सुनसरीको कप्तानगञ्जमा भएको जातीय हिंसापछि देशका विभिन्न स्थानमा तनाव

गोदावरी मार्बलको खण्डहर स्वरुप (तस्बिर)

काठमाडौँ– उद्योगका याद विस्मृत भएका छैनन् । कुन कुनामा के