सेयर बजारमा दोहोरो अंकको गिरावट | Khabarhub Khabarhub

सेयर बजारमा दोहोरो अंकको गिरावट


५ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा २३ दशमलव ८२ अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव २८ प्रतिशतले घटेर एक हजार आठ सय २९ दशमलव ६५ को बिन्दुमा कायम भएको हो ।

आज विभिन्न कम्पनीका दुई सय ८५ कम्पनीको ३६ लाख ७५ हजार एक सय एक कित्ता शेयर ३७ हजार छ सय सात पटक खरिदबिक्री हुँदा रू ९५ करोड चार लाख ७९ हजार पाँच सय ८३ बराबरको कारोबार भएको छ । आजको कारोबारपछि बजार पूँजीकरण २८ खर्ब २१ अर्ब एक करोड ८१ लाख ८७ हजार आठ सय ८० बराबर पुगेको छ ।

आज म्युचुअल फन्ड समूहको उपसूचक शून्य दशमलव ४२ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै उत्पादन समूहको उपसूचक तीन दशमलव १२ र लघुवित्त समूहको दुई दशमलव ८९ प्रतिशतले बढेको छ ।

मेन्छियम हाइड्रोपावर लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै आठ दशमलव १३ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने माथिल्लो मैलुङखोला लिमिटेडको शेयर मूल्य नौ दशमलव ७४ प्रतिशतले घटेको छ । 

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन डिस्टिलरी लिमिटेड रू सात करोड ७८ लाख २९ हजार दुई सय ३८ बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै दुई लाख नौ हजार सात सय ६० कित्ता किनबेच भएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  ३ : ५५ बजे

जिरोनामाथि बार्सिलोनाको रोमाञ्चक जित

काठमाडौं – स्पेनिश लालिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले

काठमाडौं उपत्यकामा स्वरुप परिर्वतन गरिएका २७५ बाइक नियन्त्रणमा

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्वरुप परिर्वतन गर्ने २७५

एभर्टनविरुद्ध म्यानचेस्टर सिटीको सहज जित, हालान्ड बने नायक

म्यानचेस्टर – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

गोरखा बजारबाट २० किलोग्राम पटका बरामद

गोरखा – प्रहरीले गोरखा बजारबाट २० किलोग्राम पटका बरामद गरेको

साहित्यकार दाहाल र अधिकारी दम्पती सम्मानित

काठमाडौं – बनेपा जनगालस्थित सयपत्री प्रतिष्ठान नेपालले शिक्षाविद्, वरिष्ठ साहित्यकार