सङ्क्रमणकालीन न्यायलाई समयमै टुङ्ग्याउन प्रदेश प्रमुख शर्माको आग्रह « Khabarhub

सङ्क्रमणकालीन न्यायलाई समयमै टुङ्ग्याउन प्रदेश प्रमुख शर्माको आग्रह


५ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

हेटौँडा – बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले सङ्क्रमणकालीन न्याय समयमै टुङ्ग्याउनुपर्नेमा जोड दिएका छन् ।

मङ्गलबार हेटौँडामा आयोजित बागमती प्रदेश लोकसेवा आयोगको चौथो वार्षिकोत्सवलाई सम्बोधन गर्दै प्रदेश प्रमुख शर्माले यस्तो बताएका हुन् । लम्बिदो सङ्क्रमणले समस्या सृजना हुनसक्ने बताउँदै प्रदेश प्रमुख शर्माले राजनीतिक दललाई समस्याको समाधान खोज्न आग्रह गरे ।

साथै प्रदेश प्रमुख शर्मालेबागमती प्रदेश लोकसेवा आयोगले निष्पक्ष र स्वतन्त्ररूपमा काम गरेर देशको प्रशासनिक पद्धतिलाई जोगाउने काम गरेको बताए । आयोगमा पनि केही समस्या भएकाले त्यसको सुधारसँगै व्यवस्थापनमा अग्रसर हुनुपर्नेमा जोड दिए।

कार्यक्रममा बागमती प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठले आयोगबाट सम्पादन भएका कामको विवरण प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  ९ : ४२ बजे

सिंहदरबार वैद्यखानाले गति लिएकोमा पूर्वमन्त्री पौडेलबाट खुसी व्यक्त, सरकारलाई ६ बुँदे सुझाव

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री एवं पूर्वस्वास्थ्यमन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखानाको

आपसी मेलमिलाप र एकताले राष्ट्रिय सामथ्र्य बढाउँछ : ओली

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्पूर्ण नेपालीहरुबीचको आपसी

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, के के छन् एजेण्डा ?

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक

आदिवासी दिवसमा आङ्देम्बेको चेतावनी- ‘सङ्घीयता र समानुपातिक प्रतिनिधित्व कमजोर पार्न पाइँदैन’

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता

हर्मुज खुला गर्न इरानद्वारा अमेरिकी नाकाबन्दी अन्त्यको सर्त

काठमाडौँ – हर्मुज स्ट्रेट खुला गर्नका लागि अमेरिकी जलसेनाको नाकाबन्दी