सङ्क्रमणकालीन न्यायलाई समयमै टुङ्ग्याउन प्रदेश प्रमुख शर्माको आग्रह « Khabarhub

सङ्क्रमणकालीन न्यायलाई समयमै टुङ्ग्याउन प्रदेश प्रमुख शर्माको आग्रह


५ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

हेटौँडा – बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले सङ्क्रमणकालीन न्याय समयमै टुङ्ग्याउनुपर्नेमा जोड दिएका छन् ।

मङ्गलबार हेटौँडामा आयोजित बागमती प्रदेश लोकसेवा आयोगको चौथो वार्षिकोत्सवलाई सम्बोधन गर्दै प्रदेश प्रमुख शर्माले यस्तो बताएका हुन् । लम्बिदो सङ्क्रमणले समस्या सृजना हुनसक्ने बताउँदै प्रदेश प्रमुख शर्माले राजनीतिक दललाई समस्याको समाधान खोज्न आग्रह गरे ।

साथै प्रदेश प्रमुख शर्मालेबागमती प्रदेश लोकसेवा आयोगले निष्पक्ष र स्वतन्त्ररूपमा काम गरेर देशको प्रशासनिक पद्धतिलाई जोगाउने काम गरेको बताए । आयोगमा पनि केही समस्या भएकाले त्यसको सुधारसँगै व्यवस्थापनमा अग्रसर हुनुपर्नेमा जोड दिए।

कार्यक्रममा बागमती प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठले आयोगबाट सम्पादन भएका कामको विवरण प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  ९ : ४२ बजे

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज