भूकम्पबाट भएको क्षति विवरण बुझाउन निर्देशन « Khabarhub

भूकम्पबाट भएको क्षति विवरण बुझाउन निर्देशन


५ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

दैलेख – जिल्ला विपद् व्यवस्थापन समिति दैलेखको बैठकले भूकम्पबाट क्षति भएका भौतिक संरचनाको पूर्ण विवरण पाँच दिनभित्र बुझाउन स्थानीय तहलाई निर्देशन दिएको छ ।

प्रमुख जिल्ला अधिकारी खिमराज भुसालको अध्यक्षतामा आज बसेको विपद् व्यवस्थापन समितिको बैठकले जिल्लामा भूकम्पबाट भएका क्षतिको विवरण बुझाउन निर्देशन दिएको हो ।

बस्न मिल्ने र नमिल्ने घरको वर्गीकरण गरेर स्थानीय तहको विपद् व्यवस्थापन समितिबाट निर्णय गराई विपद् व्यवस्थापन समितिमा सिफारिस गर्न बैठकले निर्देश गरेको दैलेखका प्रशासकीय अधिकृत गणेशप्रसाद कोइरालाले बताए।

विपद् व्यवस्थापन समितिको बैठकमा यसअघि जिल्ला विपद् व्यवस्थापन समितिको बैठकका निर्णय कार्यान्वयनका विषयमा छलफल गरिएको थियो । बैठकमा विपद्को पूर्वतयारी, हेलिप्याडको व्यवस्थापन, सडकको स्तरोन्नति, स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनुपर्ने विषयमा छलफल भएको थियो ।

स्वास्थ्य सेवा कार्यालय दैलेखलाई थप सेवा प्रभावकारी बनाउन यहाँका ११ वटै स्थानीय तहले ध्यान दिनुपर्ने विषयमा छलफल भएको प्रशासकीय अधिकृत कोइरालाले बताए ।

जिल्लाबाट बाहिर जाने यातायातको भाडादर महँगो भएको जनगुनासो आउन थालेकाले यसलाई व्यवस्थित गर्नका लागि यातायात व्यवसायीसँग छलफल गरी सम्बोधन गरिने विषयमा पनि छलफल भएको जनाइएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  १० : ३९ बजे

कान्ति लोकपथमा खसेको पहिरो हटाइयो

ललितपुर– कान्ति लोकपथमा खसेको पहिरो हटाएर रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन तथा

नारायणी नदीको पानी सतर्कता तह पार, बाढीको जोखिम बढ्यो

चितवन– लगातारको वर्षापछि नारायणी नदीको पानीको सतह सतर्कता तह पार

अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकको विश्व आर्थिक शासन व्यवस्थामा

सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा

रसुवा– भोटेकोशी बाढीका कारण चीनसँगको सीमावर्ती जिल्ला रसुवाको सडक सञ्जाल