क्षयरोगको परीक्षण र उपचार हुने भएपछि बिरामीलाई सहज  « Khabarhub

क्षयरोगको परीक्षण र उपचार हुने भएपछि बिरामीलाई सहज 


६ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङमा क्षयरोगको पहिलो र दोस्रो चरणको जाँच गर्ने आधुनिक उपकरण सञ्चालनमा आएपछि क्षयरोगीलाई सहज भएको छ । परीक्षण गर्न नयाँ उपकरणको व्यवस्था गरिएको छ ।

धवलागिरि अस्पतालमा रहेको क्षयरोग उपचार केन्द्रमा यसअघि क्षयरोग छ/छैन मात्रै पत्ता लगाउने उपकरण थियो ।

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र भक्तपुरले नयाँ उपकरण भित्र्याएको हो । उक्त उपकरण हाल धवलागिरि अस्पतालसहित देशभरका छवटा क्षयरोग उपचार केन्द्रमा मात्र छन् ।

४० लाख लागतको उपकरण धवलागिरि अस्पतालमा मङ्गलबारदेखि परीक्षणका लागि जडान गरिएको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र भक्तपुरका प्रयोगशाला निरीक्षक ईश्वरीप्रसाद भुसालले जानकारी दिए ।

अस्पतालमा सात वर्षदेखि क्षयरोग उपचार केन्द्र रहे पनि औषधि चलाउनका लागि दोस्रो चरणको परीक्षणका लागि खकार काठमाडौँ पठाउनुपर्ने बाध्यता थियो ।

अब बागलुङमा क्षयरोगको पहिलो लाइन र दोस्रो लाइनको परीक्षणसहित उपचार गरिने भएपछि बागलुङसहित छिमेकी जिल्लाका क्षयरोगीलाई सहज हुने प्रयोगशाला निरीक्षक भुसालको भनाइ छ ।

उक्त उपकरण विश्वकै आधुनिक उपकरण भएको भन्दै क्षयरोग नियन्त्रणमा उपकरणले सहयोग गर्ने छ । धवलागिरि अस्पतालमा यसअघि रहेको क्षयरोग छ/छैन भनेर पत्ता लगाउने उपकरण भने बागलुङ बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको स्वास्थ्य कार्यालय बागलुङ क्षय कुष्ठ निरीक्षक देवप्रकाश घिमिरेले जानकारी दिए ।

अब क्षयरोग भए/नभएको परीक्षण गर्नेमात्र उपकरण बागलुङको पश्चिम क्षेत्र बुर्तिवाङमै हुनेछ । उनका अनुसार उक्त क्षयरोग र क्षय प्रतिरोग पत्ता लगाउने उपकरणले बागलुङसहित म्याग्दी, मुस्ताङ, पर्वत, गुल्मी र रुकुम जिल्लालाई समेत फाइदा पुग्ने छ । जिल्लामा क्षयरोगीको सङ्ख्या ४५ रहेको घिमिरेले जानकारी दिए । 

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  ७ : ४७ बजे

रास्वपाको महाधिवेशन : नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनको भरतपुरमा जारी प्रथम

रास्वपा महाधिवेशन : राति १० बजेदेखि मतदान

काठमाडौं – चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनअन्तर्गत केन्द्रीय

ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड

ललितपुर – ललितपुर महानगरले आर्थिक वर्ष २०८३/२०८४ को लागि सात

पासपोर्टबिना नेपालमा बस्दै आएका २४ बङ्गलादेशी नागरिक पक्राउ

काठमाडौं – नेपालमा गैरकानुनी रूपमा बसोबास गर्दै आएका २४ जना

धौलागिरिको ४८ करोड ५२ लाखको बजेट पारित

म्याग्दी – म्याग्दीको धौलागिरि गाउँपालिकाले पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आगामी