धार्मिक पर्यटक भित्र्याउन मनकामनामा त्रिवेणी मेला | Khabarhub Khabarhub

धार्मिक पर्यटक भित्र्याउन मनकामनामा त्रिवेणी मेला


६ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

गोरखा– धार्मिक पर्यटक भित्र्याउने उद्देश्यसहित गोरखाको सहिद लखन गाउँपालिका–३, मनकामनामा रहेको त्रिवेणी भगवतीको मन्दिर परिसरमा आज साँझदेखि त्रिवेणी मेला लाग्ने भएको छ । हरिबोधनी एकादशी(ठूलो एकादशी) पर्वको अवसरमा मन्दिर परिसरमा त्रिवेणी मेला आयोजना हुँदै आएको छ ।

स्थानीय कालिका युवा क्लबको आयोजनामा आज साँझदेखि भोलि (बिहीबार) बिहानसम्म मेलाआयोजना गरिने क्लबका अध्यक्ष  बाबु गुरुङले जानकारी दिएका छन्। स्थानीय धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा रहेको त्रिवेणी भगवतीको प्रचारप्रसारका लागि मेलाले सहयोग पुग्ने विश्वास लिइएको उनले बताए।

मेलामा विविध सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको अध्यक्ष गुरुङको भनाइ थियो । मेलामा चर्चित लोकदोहोरी गायक पृथ्वी गुरुङ, श्याम राना, सुजन गुरुङ चर्चित लोक तथा दोहोरी गायिका निर्जला गुरुङलगायत अन्य स्थानीय कलाकारको साङ्गतिक प्रस्तुति रहने जनाइएको छ ।

सोही अवसरमा भगवती मन्दिरमा विशेष पूजा गरी मेला समापन हुने बताइएको छ । उक्त मन्दिरमा हरेक वर्षको ठूलो एकादशीको अवसर पारेर भव्य मेला लाग्ने गर्दछ । 

प्रसिद्ध मनकामना देवीको सात दिदीबहिनीमध्ये त्रिवेणी भगवती कान्छी बहिनी रहेको जनविश्वास रहँदै आएको छ । त्रिवेणी भगवतीलाई जल अर्पण गरेपछि मात्र मनकामना देवीको पूजाको पूर्णता हुने धार्मिक विश्वास रहेको छ ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  १ : ३० बजे

दोलखामा सञ्चालित हाडजोर्नी शिविरबाट एक हजार एक सय बढी लाभान्वित

दोलखा– दोलखाको सदरमुकाम चरिकोटमा रहेको पशुपति चौलागाइँ स्मृति अस्पतालमा सञ्चालन

कान्तिलोकपथ एक हप्ताभित्र सञ्चालन गरिने

पाटन– काठमाडौँबाट हेटौँडा जाने कान्तिलोकपथ सडक एक हप्ताभित्र सञ्चालनमा ल्याउने

सात वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

मोरङ–  सात वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सुन्दरहरैचा नगरपालिका-६ सितापुरी

कैलालीमा चट्याङ लागेर एक जनाको मृत्यु

कैलाली–  घोडाघोडी नगरपालिका-९ मगरटोल बस्ने लाल सिह विककी छोरी १५ वर्षीया

कांग्रेसको नाराबाजीबीच राष्ट्रियसभाबाट पनि धन्यवाद प्रस्ताव पारित

काठमाडौं– राष्ट्रिय सभाबाट राष्ट्रपति रामचन्द्र पौडेलले गरेको सम्बोधनप्रति धन्यवाद प्रस्ताव