एमाले नेतालाई ओलीको निर्देशन : बामपन्थी एकताको कुरा नगर्नू (भिडियोसहित) « Khabarhub

एमाले नेतालाई ओलीको निर्देशन : बामपन्थी एकताको कुरा नगर्नू (भिडियोसहित)


६ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्षले आफ्ना पार्टीका नेताहरूलाई बामपन्थी एकताको कुरा नगर्न निर्देशन दिएका छन् । यस्तो एकताको अभ्यासले एमाले झन् टुक्रँदै गएको उनको विश्लेषण छ । 

पार्टीको मुख्यालय च्यासलमा बुधबार आयोजित केन्द्रीय कमिटीको बैठकलाई सम्बोधनमा विगतमा एक पार्टीसँग एकता गर्दा दुई भएर फुट्ने अवस्था भएको स्मरण गर्दै अब एकताको कुरा गरेर पार्टी अगाडि नबढ्ने तर्क गरे । 

माओवादीसँग २०७५ सालमा भएको एकतालाई स्मरण गर्दै ओलीले भने, ‘वामपन्थी एकता जति गरायो, त्यति फुट्छ । एउटा एकता गराउँदा दुईवटा फुट्छ । हामीले ०७५ सालमा एउटा एकता गर्दा त्यसपछि दुईवटा फुट्यो ।’ आफूले राजनीति सुरु गर्दादेखि नै बामपन्थी एकताको कुरा भएको र यो अभ्यास असफल भएको ओलीको भनाइ छ । 

अब एमालेको नेतृत्व र नीति मान्ने पार्टी एमालेमा समाहित हुने सक्ने तर एकता भने नहुने उनले बताए ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  २ : ४६ बजे

चन्द्रमामा ठोकियो स्पेसएक्स रकेटको टुक्रा

काठमाडौँ । स्पेसएक्स ९ रकेटको खेर गएको माथिल्लो भाग बुधबार

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका

साथीभाइले आलोचना गर्नुभएछ, अध्यक्षज्यूले तपाईं नै काम गर्नु भन्नुभयो : हिक्मत कार्की (अन्तर्वार्ता)

हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने