एमाले नेतालाई ओलीको निर्देशन : बामपन्थी एकताको कुरा नगर्नू (भिडियोसहित) « Khabarhub

एमाले नेतालाई ओलीको निर्देशन : बामपन्थी एकताको कुरा नगर्नू (भिडियोसहित)


६ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्षले आफ्ना पार्टीका नेताहरूलाई बामपन्थी एकताको कुरा नगर्न निर्देशन दिएका छन् । यस्तो एकताको अभ्यासले एमाले झन् टुक्रँदै गएको उनको विश्लेषण छ । 

पार्टीको मुख्यालय च्यासलमा बुधबार आयोजित केन्द्रीय कमिटीको बैठकलाई सम्बोधनमा विगतमा एक पार्टीसँग एकता गर्दा दुई भएर फुट्ने अवस्था भएको स्मरण गर्दै अब एकताको कुरा गरेर पार्टी अगाडि नबढ्ने तर्क गरे । 

माओवादीसँग २०७५ सालमा भएको एकतालाई स्मरण गर्दै ओलीले भने, ‘वामपन्थी एकता जति गरायो, त्यति फुट्छ । एउटा एकता गराउँदा दुईवटा फुट्छ । हामीले ०७५ सालमा एउटा एकता गर्दा त्यसपछि दुईवटा फुट्यो ।’ आफूले राजनीति सुरु गर्दादेखि नै बामपन्थी एकताको कुरा भएको र यो अभ्यास असफल भएको ओलीको भनाइ छ । 

अब एमालेको नेतृत्व र नीति मान्ने पार्टी एमालेमा समाहित हुने सक्ने तर एकता भने नहुने उनले बताए ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  २ : ४६ बजे

एक महिना लामो स्वस्थानी व्रत समापन (तस्बिरहरू)

काठमाडौं– पौष शुक्ल पूर्णिमाका दिन सुरु भएको एक महिना लामो

सर्लाहीमा सवारी दुर्घटना : ६ महिनामा २९ जनाको मृत्यु

सर्लाही– सवारी दुर्घटनामा परी सर्लाहीमा चालु आर्थिक वर्षको ६ महिनामा

कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

दाङ– कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा लक्ष्यअनुसार

स्वास्थ्य बीमाको रकम भुक्तानी नपाउँदा प्रदेश अस्पताल पर्वत सङ्कटमा

पर्वत– लामो समयदेखि स्वास्थ्य बीमाको रकम भुक्तानी नपाउँदा पर्वतको एकमात्र

आँखारोगीको खोजी गर्दै पौवादुङमा

भोजपुर– ग्रामीण भेगमा रहेका आँखारोगीको पहिचान गर्दै उनीहरूलाई सहज रुपमा