भोलिको सुरक्षा प्रभावकारी बनाउन मानवअधिकार आयोगको आग्रह « Khabarhub

भोलिको सुरक्षा प्रभावकारी बनाउन मानवअधिकार आयोगको आग्रह


६ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय मानवअधिकार आयोगले भोलि काठमाडौँमा तय भएको प्रदर्शनलाई शान्तिपूर्ण बनाउन र शान्ति सुरक्षाको व्यवस्था प्रभावकारी बनाउन सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

भोलि मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघको आह्वानमा काठमाडौंमा छुट्टाछुट्टै प्रदर्शन हुने भएपछि आयोगले यस्तो आग्रह गरेको हो ।

प्रदर्शनको क्रममा हिंसात्मक गतिविधि हुन सक्ने भन्दै आयोगले सामाजिक सञ्जाल र विभिन्न सञ्चार माध्यममार्फत सार्वजनिक सूचना र सामाचारप्रति राष्ट्रिय मानवअधिकार आयोगको ध्यानाकर्षण भएको जनाएको छ । आयोगले मानव अधिकारको दृटिकोणबाट प्रदर्शनको अनुगमन गर्ने पनि स्पष्ट गरेको छ ।

लोकतन्त्रमा शान्तिपूर्ण प्रदर्शन गर्न पाइने संवैधानिक अधिकार भएपनि प्रदर्शनलाई शान्तिपूर्ण बनाउनु र संयमता अपनाउनु प्रदर्शनकारीहरुकै प्राथमिक दायित्व हुने पनि आयोगले स्मरण गराएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  ४ : ३४ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

आज २०८२ साल पुस ९ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य