प्रतिगामीहरूको सपना कहिल्यै पूरा हुँदैन : प्रधानमन्त्री « Khabarhub

प्रतिगामीहरूको सपना कहिल्यै पूरा हुँदैन : प्रधानमन्त्री


६ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउन चाहने प्रतिगामीहरूको सपना कहिल्यै पूरा नहुने बताएका छन् ।

सरकारी लिखतहरूमा नेपाल संवत्‌ समेत उल्लेख गर्ने सरकारको निर्णयको स्वागतमा प्रधानमन्त्रीलाई सम्मान गर्ने कार्यक्रममा उनले प्रतिगामीकाे सपना कहिल्यै पूरा नहुने बताएका हुन् ।

प्रधानमन्त्रीले भने, ‘आजको परिवर्तन साना दुखले आएको होइन । यो व्यवस्थाका निम्ति हजारौँले रगत बगाएका छन्, हजारौंले जेलनेल भोगेका छन् । लाखौं जनताले संघर्ष गरेका छन् । यो व्यवस्था कसैले उल्ट्याउन खोज्छ भने त्यो सपना मात्रै हो, तिनीहरूको सपना कहिल्यै पूरा हुँदैन ।’ 

प्रधानमन्त्रीले नेपाल संवत् नेपालको मौलिक संवत् भएकोसमेत बताए । उनले भने, ‘हामीले विक्रम संवतको प्रयोग गरिरहेका छौं । कतिपय सन्दर्भमा अंग्रेजी संवत् पनि लेखिन्छ । तर, नेपाल संवत् नेपालको आफ्नै मौलिक संवत् हो । यसलाई राष्ट्रिय संवतका रूपमा विकसित तुल्याउनुपर्दछ ।’ 

‘एकथरी मान्छेहरू लोकतन्त्र र संस्कारको कुरा गर्दैछन् । उनीहरूको संस्कार के हो, लोकतन्त्र कस्तो थियो भन्ने कुरा हामीले राम्रोसँग देखिसकेका छौं । लुटको स्वर्ग गुमेको छटपटी उनीहरूको होला । तर, व्यवस्थाका विरूद्ध षड्यन्त्र गरिरहे हामी थप कठोर हुन बाध्य हुनेछौं’ प्रधानमन्त्रीले भने ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान श्रेष्ठ, कांग्रेसका नेता भीमसेनदास प्रधान, नेकपा एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठ, जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  ५ : २४ बजे

पाकिस्तानलाई १.२ अर्ब डलर सहयोग गर्न आईएमएफ सहमत

एजेन्सी– अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पाकिस्तानलाई करिब एक अर्ब

एमालेले मङ्सिरमा वडा र पुसमा पालिका अधिवेशन गर्ने

काठमाडाैँ – नेकपा एमालेले स्थानीय तहअन्तर्गतका वडा र पालिका कमिटीका

प्रवास कांग्रेसका डण्डपानी कँडेल केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

काठमाडाैँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा डण्डपानी कँडेल (डीपी) ले

गृहमन्त्री गुरुङ र अमेरिकी कार्यवाहक राजूदत बोल्डिनबीच भेटवार्ता

काठमाडौं– नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिन र गृहमन्त्री

कांग्रेस महाधिवेशन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन एक दिन लम्बिएपछि महाधिवेशन