आज कामिका एकादशी-यस्तो छ एकादशीको महत्व « Khabarhub

आज कामिका एकादशी-यस्तो छ एकादशीको महत्व


१२ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- श्रावण महिनाको कृष्ण पक्षमा पर्ने एकादशी तिथिलाई कामिका एकादशी भनिन्छ । यस दिनमा नेपाल तथा भारत लगायत विभिन्न मुलुकमा बसोवास गर्ने हिन्दू धर्मावलम्बीहरूले व्रत राख्नुको साथै यसलाई एक पर्वको रुपमा मनाउने गर्दछन् ।

हरेक एकादशीका आआफ्नै महत्व भएपनि शिवको महिना अनि कृषीकार्यको उत्सर्गमा हुने यस श्रावण कृष्ण पक्षको एकादशी कामिकाको महत्व अलिक पृथक पनि छ ।

यस एकादशीमा व्रत लिनाको फल भने अश्वदान गरेझैं हुनेगर्दछ, अश्व अर्थात घोडा जसको दान गरिने यज्ञ अश्वमेघ यज्ञ सबैभन्दा महान यज्ञका रुपमा मानिएको पाइन्छ । काशीको गंगामा प्रातकालिन डुबुल्की मारे भन्दा धेरै, नैमिश्रयण या पुस्करको जगंलमा तपस्या गरेभन्दा धेरै यस एकादशीको व्रतको फल रहने गर्दछ । मानव हित अनि मोक्षका लागि यस एकादशीको महत्व वास्तवमै धेरै ठाँउमा वर्णन गरिएको पाइन्छ ।

सौर्य ग्रहणका दिन कुरुक्षेत्रमा स्नान गरेभन्दा धेरै, शालिग्रामको निवास रहेको गण्डकी नदिमा स्नान गरेभन्दा धेरै, गोदावरी स्नान भन्दा धेरै, दुहुनो गाई र बाच्छी दान गरेभन्दा धेरै फल आजको एकादशीको व्रत लिँदा हुने बताइएको छ ।

जीवनमा सबैभन्दा ठूलो रोग र बिजाँई त्यतीबेला हुन्छ जब हामीले आफूले गरेको गल्ती स्वीकार गर्दैनौं, आफूभित्रै आफैसंग लडाँई गर्दछौं अनि पाखयडी स्वाभिमानको हाँसो हाँस्दछौं । यस एकादशीले वडो चित्ताकर्षक रुपमा आफ्नो पाप या गल्ती स्वीकार गरेर भक्तिमार्गमा आएर कामिका एकादशीको व्रत लिन आव्हान गरेको छ ।

सम्पूर्ण वेद, गीता र पुराणहरुको अध्ययन भन्दा पनि धेरै फल यस एकादशीमा आफ्नो गल्ती स्वीकार गरि व्रत लिनेले पाँउदछ । भगवान विष्णु अर्थात् जगतका पालनहार अनि हरि, यिनै भगवानको भक्तिमा तुलसी पातको भोग लगाई अर्चना गर्नाले यस एकादशीमा पुण्य मिल्ने बताइन्छ । भगवान हरिलाई अर्चना गर्दा सुन, चाँदी या हिराकै बरावर तुलसीको पत्र अनि मन्जरीलाई स्थान दिइन्छ र यस एकादशीमा पनि तुलसीको पात र मन्जरीको उत्तिकै महत्व रहन्छ ।

तुलसीलाई भक्तिपूर्वक पानी चढाउने भक्तको मृत्यूको हिसाब यमराजले पनि गर्न नसक्ने र उसको आत्मिक चेतना पनि अत्यन्त धेरै रहने जनश्रुति पनि छ । यस एकादशीमा नदिनाला या तलाउमा जान उति प्रेरित गरिएको पाइन्न, शायद बर्खाको मध्यमा पर्ने एकादशीमा पानीको बहाव र शुद्धताका कारणले पनि हुन सक्दछ ।

आजको एकादशीको साँझमा शुद्य घ्यूको दियो तुलसाको मोठमा बाल्ने चलन पनि छ । अनि भगवानलाई पञ्चामृत भोग लगाउने चलन पनि रहेको पाइन्छ । तुलसीको पात या मठ नभएमा मन्जरी या तुलसीको डाँठ या केही नभएमा जुनसुकै बस्तुलाई विष्णुको प्रतिमा मानेर स्थापना गरि अर्चना गर्न सकिन्छ । अन्न र नुनको प्रयोग यस एकादशीमा वर्जित छ ।

एकादशीको महत्व यति धेरै भएपनि अन्य एकादशीको झैं यस एकादशी व्रतकथा चाँही विशेष पाइन्न, अमुक गाँउका एकजना धनी व्यक्तिले भगडाको क्रममा झुक्किएर एकजना ब्राहमणको हत्या हुन पुग्दछ । ब्रह्महत्या अझ भनौं मानव हत्याको आरोप अनि पाप प्रायश्चित गर्न साधुहरुले बताए अनुरुप कामिका एकादशीको व्रत लिएर उनले मुक्ति पाँउदछन् ।

के गर्ने एकादशीमा

वैदिक सनातन धर्मावलम्बीले अष्टमी, पूर्णिमा र औँसीजस्ता तिथिलाई बढी महत्त्व दिने गरेको पाइन्छ। वैष्णव सम्प्रदायको प्रभाव बढ्दै गएपछि सनातन समाजमा एकादशीको पनि महत्त्व बढेको बुझिन्छ।

एकादशीका दिन अन्न नखाने, बेलुकी एक छाक रोटी खाने, दुई दल भएका वस्तु (केराउ, चना, सिमी आदि) तरकारी नखाने परम्परा छ। वैष्णव धर्म नलिएकाले पनि एकादशीका दिन मांसाहार नगर्नेजस्ता नियम अँगालेको पाइन्छ। एकादशीका दिन विशेषगरी भगवान् विष्णुको पूजा आराधना गर्ने, माहत्म्य पाठ गर्नेजस्ता कर्म गरिन्छ।

एकादशी महिनामा दुई पटक पर्छ, शुक्ल पक्षमा एउटा र कृष्ण पक्षमा अर्को। यो हिसाबले वर्षमा २४ वटा एकादशी हुन्छन्। तर अधिकमास परेको वर्ष दुईवटा थपिन्छन्। सामान्यतया मार्गशीर्ष (मंसिर)कृष्ण पक्षको एकादशीलाई पहिलो र कार्तिक शुक्ल एकादशीलाई अन्तिम एकादशी मानिन्छ।

विभिन्न पुराणमा एकादशीको उत्पत्ति, माहत्म्य र फलबारे बताइएको छ। एकादशी माहत्म्यमा पनि प्रत्येक यो दिन गर्ने र नगर्ने कामका विषयमा उल्लेख पाइन्छ।

वर्षभरि पर्ने एकादशी

उत्पत्तिका– मार्ग कृष्ण पक्ष

मोक्षदा– मार्ग शुक्ल पक्ष

सफला– पौष कृष्णपक्ष

पुत्रदा– पौष शुक्लपक्ष

षट्तिला– माघ कृष्ण पक्ष

जया वा भीमा– माघ शुक्ल पक्ष

विजया– फाल्गुण कृष्णपक्ष

आमलकी– फाल्गुण शुक्ल पक्ष

पापमोचनी– चैत्र कृष्ण पक्ष

कामदा– चैत्र शुक्ल पक्ष

बरुथिनी– वैशाख कृष्ण पक्ष

मोहिनी– वैशाख शुक्ल पक्ष

अपरा– जेष्ठ कृष्ण पक्ष

निर्जला– जेष्ठ शुक्ल पक्ष

योगिनी– आषाढ कृष्ण पक्ष

हरिशयनी– आषाढ शुक्ल पक्ष

कामिका– श्रावण कृष्णपक्ष

पुत्रदा– श्रावण शुक्ल पक्ष

अजा– भाद्र कृष्ण पक्ष

हरिपरिवर्तिनी– भाद्र शुक्ल पक्ष

इन्दिरा– आश्विन कृष्ण पक्ष

पापाङ्कुशा– आश्विन शुक्ल पक्ष

रमा– कार्तिक कृष्ण पक्ष

हरिबोधिनी– कार्तिक शुक्ल पक्ष

अधिक(मल) मासमा
पद्मिनी– शुक्ल पक्ष
परमा– कृष्ण पक्ष

प्रकाशित मिति : १२ श्रावण २०७६, आइतबार  ७ : १६ बजे

राधास्वामीको टहरामा सुकुम्बासी: टेन्टभित्रको अँध्यारो रात, खाजामा भुजा र चिया

काठमाडौँ – उपत्यकाका विभिन्न सुकुम्बासी बस्तीमा सरकारले डोजर चलाएपछि घरबारविहीन

ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले २४ घण्टाको अवधिमा २

रुखबाट लडेर वृद्धको मृत्यु

बाजुरा– बाजुराको गौमुल गाउँपालिकाका सुन्तलाको रुखबाट खसेर एक जनाको मृत्यु

हात्तीको आक्रमणबाट दुई जना घाइते

झापा – मेचीनगर नगरपालिका–४ बाहुनडाँगी चोक नजिक हात्तीको आक्रमणबाट आमाछोरी

करेन्ट लागेर महिलाको मृत्यु

कैलाली– धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला विकको करेन्ट लागेर