पनौती जलविद्युत् आयोजनामा क्षति, विद्युत उत्पादन बन्द « Khabarhub

पनौती जलविद्युत् आयोजनामा क्षति, विद्युत उत्पादन बन्द


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक – अविरल वर्षाका कारण शनिबारको आएको बाढी, पहिरोले काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ खोपासीमा रहेको पनौती जलविद्युत् आयोजनामा क्षति पुगेको छ । आयोजनाको ‘पावरहाउस’ क्षति पुगेपछि बिजुली उत्पादन रोकिएको छ ।

नेपालको तेस्रो जलविद्युत् आयोजना (पनौती जलविद्युत् केन्द्र)का रुपमा रहेको उक्त केन्द्रमा शनिबार बिहान २ बजेदेखि विजुली उत्पादन रोकिएको जनाइएको छ । केन्द्रका प्रमुख सविना उप्रेतीका अनुसार पहिरोसँगै आएको बाढी तथा लेदोले पावरहाउसभित्रका उपकरण डुबेको थियो । पावरहाउका तीन टर्वाइन, प्यानल सर्किट, ब्रेकर प्यानल, एभिएस प्रणालीलगायत उपकरण डुबेको उनले जानकारी दिइन्‌ ।

‘मेसिन–उपकरणलाई पूर्वत् रुपमा फर्काउन सरसफाइको काम थालेका छौँ, उपकरणलाई पूर्ववत् अवस्थामा ल्याएपछि तथा पानी ल्याइएको क्यानलको मर्मतपछि बिजुली उत्पादन थाल्नेछौँ,’ उनले भनिन्‌ । उनका अनुसार पावरहाउसमा क्षति पुग्नुका साथै बाँधबाट पावरहाउस सम्मको क्यानल (कुलो) को विभिन्न स्थानमा पहिरोका कारण क्षति पुगेको छ ।

पावरहाउसको दुईतर्फबाट पहिरो आएकाले जोखिमपूर्ण अवस्थामा रहेको जनाइएको छ । आयोजनाको ल्याइएको पानीको मुहान पनौती नपा–८ मल्पीस्थित रोशी खोलामा रहेको छ । उक्त खोलामा आएको बाढीले मुहान क्षेत्रमासमेत क्षति पुगेको उप्रेतीले बताइन्‌ । पावरहाउस नजिकबाट बग्ने सलान्दु खोलाको बाढीले क्षति पुर्‍याएको हो ।

केन्द्रका तीन टर्वाइनमध्ये दुई वटाबाट मात्रै बिजुली उत्पादन हुँदै आएको थियो । दुई दशमलव ४ मेगावाट क्षमताको उक्त जलविद्युत् टर्वाइनबाट हाल १ दशमलव ४ मेगावाट विद्युत् उत्पादन हुँदै आएको थियो ।

उक्त केन्द्र तत्कालीन सोभियत सङ्घको २७ करोड रुपैयाँ सहयोगमा निर्माण गरिएको थियो । केन्द्रको वि.सं. २०२२ असारमा तत्कालीन राजा महेन्द्र वीरविक्रम शाहले उद्घाटन गरेका थिए ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ९ : ३९ बजे

गाँजासहित दुई जना पक्राउ

सुनसरी– धरान उपमहानगरपालिका–२० बरडाँडाबाट ९५५ किलोग्राम (केजी) गाँजासहित दुई जनालाई

काठमाडौंमा माघमा ९७६ अपराधका मुद्दा दर्ता

काठमाडौं– काठमाडौं जिल्लामा गत माघ महिनामा ९७६अपराधका मुद्दा दर्ता भएका

अध्यक्ष ओलीले आज चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्दै

झापा – नेकपा (एमाले)का अध्यक्ष एवं झापा ५ का उम्मेद्वार

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ ।

दाङमा तोरीखेतीको क्षेत्रफल र उत्पादन बढ्दै

दाङ– दाङमा पछिल्लो समय तोरी उत्पादनमा वृद्धि भएको छ ।