नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गर्ने शिक्षकविरुद्ध मुद्दा दायर « Khabarhub

नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गर्ने शिक्षकविरुद्ध मुद्दा दायर


७ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ– शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली पेश गर्ने शिक्षकलाई सजायका लागि विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको छ ।

रूपन्देहीको मुक्तिधाम आधारभूत विद्यालयका  शिक्षक डिलमाया कुमारी कँडेलले शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली पेश गरेको पाइएपछि मुद्दा दायर गरिएको हो ।

अख्तियार अनुसन्धान आयोगका अनुसार प्रा.वि. राहत शिक्षक कँडेलको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरीका आधारमा अनुसन्धान हुँदा शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली पेश गरेको पाइएको जनाइएको छ ।

कँडेलले मुक्तिधाम प्राथमिक विद्यालय, मिनमिनवा-९, विष्णुपुरा, रुपन्देहीमा प्रा.वि. राहत कोटको शिक्षक दरबन्दीमा नियुक्ति हुनका लागि माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, भारतबाट जारी भएको हाई स्कूल परीक्षा तहको झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी शिक्षकको हैसियतमा लाभ लिइएको आरोप छ ।

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको हुँदा निज सीता कुमारी यादवलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरेको छ । 

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहीबार  ४ : ०६ बजे

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको