करोडौं ठगेर फरार रहेकी कडायतको घरमा विप्लव नेकपाले झन्डा गाडेपछि… « Khabarhub

करोडौं ठगेर फरार रहेकी कडायतको घरमा विप्लव नेकपाले झन्डा गाडेपछि…


१२ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलालीको टीकापुर नगरपालिका १ बजार क्षेत्रमै रहेको एउटा घरलाई विप्लव नेकपाले कब्जामा लिएको छ।

विप्लव नेकपा निकट थारुवान् स्वायत्त प्रदेश एरिया नम्बर १ जनपरिषद् टीकापुरले विज्ञप्ति जारी गर्दै व्यापारी रेखा कडायतको घरलगायत सम्पत्ति कब्जामा लिएको जनाएको छ।

जनपरिषद् प्रमुख विमर्शले सार्वजनिक गरेको विज्ञप्तिमा टीकापुरमा अवैधानिक ढंगबाट मिटर ब्याज, ढुकुटी जस्ता वित्तीय कारोवार गर्न संलग्न रहेको, सामान्य जनताले दही, दुध, घिउ, गाईं, भैंसी बेचेको पैसा लिएर ठगेको आरोप लगाइएको छ।

त्यस्तै कडायतले राज्यलाई कर छली गरेको र पैसा दिएवापत् ठूलो ब्याज दिने भन्दै प्रलोभनमा पारेर करोडौं रुपैयाँ खाएर भागेकाले कडायतको घर र सम्पत्ति कब्जामा लिएको विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा सबै जनताको रकम फिर्ता नगरेसम्म कडायतको घर र सम्पत्ति कब्जामा लिने उल्लेख छ।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डीएसपी मनोहरप्रसाद भट्टले कब्जा लिएको भनिएको घरमा केही नभेटिएको बताएका छन्। उनले भने, ‘हामीले त्यता टोली पठाएका थियौं, त्यहाँ केही पनि भेटिएन्।’

कडायत टीकापुरमा सञ्चालित रेखा ब्युटीपार्लरकी सञ्चालक हुन्। उनलाई ढुकुटी र मिटर ब्याजको नाममा करोडौं ठगी गरेर फरार रहेको आरोप लाग्दै आएको छ।

प्रकाशित मिति : १२ श्रावण २०७६, आइतबार  ८ : २५ बजे

बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन-२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’

खोटाङ- नेपाल सरकारले बाँसबाट निर्माण हुने भौतिक संरचनाको डिजाइनसम्बन्धी मार्गदर्शन–२०८२

तनहुँ जलविद्युत् आयोजनाका प्रभावितबाट मुआब्जा माग

तनहुँ– तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित व्यास नगरपालिका– १३ बेलवासका स्थानीयले

साँघुरा ढोकाले थापाथलीका चार अखडामा गाई पाल्न समस्या

काठमाडौं– एसियाली विकास बैंक (एडीबी) को सहयोगमा पुनर्निर्माण भएका थापाथली

एमालेको आन्तरिक प्रतिष्पर्धा ‘जबज’को जीवन्त अभ्यास : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति एवं एमाले पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले नेकपा एमालेको ११औँ

हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवासको अभाव

भक्तपुर– विभिन्न प्रकारको हिंसामा परेका बालबालिकालाई उद्धारपछि राख्ने सुरक्षित आवासगृहको