करोडौं ठगेर फरार रहेकी कडायतको घरमा विप्लव नेकपाले झन्डा गाडेपछि… « Khabarhub

करोडौं ठगेर फरार रहेकी कडायतको घरमा विप्लव नेकपाले झन्डा गाडेपछि…


१२ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलालीको टीकापुर नगरपालिका १ बजार क्षेत्रमै रहेको एउटा घरलाई विप्लव नेकपाले कब्जामा लिएको छ।

विप्लव नेकपा निकट थारुवान् स्वायत्त प्रदेश एरिया नम्बर १ जनपरिषद् टीकापुरले विज्ञप्ति जारी गर्दै व्यापारी रेखा कडायतको घरलगायत सम्पत्ति कब्जामा लिएको जनाएको छ।

जनपरिषद् प्रमुख विमर्शले सार्वजनिक गरेको विज्ञप्तिमा टीकापुरमा अवैधानिक ढंगबाट मिटर ब्याज, ढुकुटी जस्ता वित्तीय कारोवार गर्न संलग्न रहेको, सामान्य जनताले दही, दुध, घिउ, गाईं, भैंसी बेचेको पैसा लिएर ठगेको आरोप लगाइएको छ।

त्यस्तै कडायतले राज्यलाई कर छली गरेको र पैसा दिएवापत् ठूलो ब्याज दिने भन्दै प्रलोभनमा पारेर करोडौं रुपैयाँ खाएर भागेकाले कडायतको घर र सम्पत्ति कब्जामा लिएको विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा सबै जनताको रकम फिर्ता नगरेसम्म कडायतको घर र सम्पत्ति कब्जामा लिने उल्लेख छ।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डीएसपी मनोहरप्रसाद भट्टले कब्जा लिएको भनिएको घरमा केही नभेटिएको बताएका छन्। उनले भने, ‘हामीले त्यता टोली पठाएका थियौं, त्यहाँ केही पनि भेटिएन्।’

कडायत टीकापुरमा सञ्चालित रेखा ब्युटीपार्लरकी सञ्चालक हुन्। उनलाई ढुकुटी र मिटर ब्याजको नाममा करोडौं ठगी गरेर फरार रहेको आरोप लाग्दै आएको छ।

प्रकाशित मिति : १२ श्रावण २०७६, आइतबार  ८ : २५ बजे

बढ्दो महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदले दैनिक उपभोग्य वस्तुको बढ्दो महँगी,

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी– कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने सडक पहिरोले

आपसी सद्भाव कायम राख्नुपर्नेमा सांसदको जोड  

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले अहिलेको विषम परिस्थितिमा आपसी सद्भाव

थर्ड विकेन्ड कलेक्सनले देखाउँछ- ‘स्पाइडर म्यान’को चर्चाबीच ‘गौँथली’को रफ्तार कायमै

काठमाडौं – हलिउड फिल्म ‘स्पाइडर म्यान : ब्रान्ड न्यू डे’को

सूक्ष्म, साना तथा मझौला उद्योगलाई जोगाउन पुनरुत्थान कार्यक्रम आवश्यक : पूर्वअर्थमन्त्री खनाल

काठमाडौं– पूर्वअर्थमन्त्री रामेश्वर खनालले कोभिड–१९ पछि थलिएका मुलुकका सूक्ष्म, साना तथा