छुवाछूतको कसुरमा वडाध्यक्षलाई साढे ४ महिना कैद « Khabarhub

छुवाछूतको कसुरमा वडाध्यक्षलाई साढे ४ महिना कैद


७ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


660
Shares
  • change font
  • change font
  • change font

कास्की – पोखरा महानगरपालिका–२४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई जिल्ला अदालत कास्कीले साढे चार महिना कैद र रु ७५ हजार जरिवानाको फैसला गरेको छ ।

जातीय भेद्भाव तथा छुवाछूतसम्बन्धी कसुरमा अधिकारीलाई आज अदालतले सो बमोजिमको आदेश गरेको हो । जिल्ला न्यायाधीश अवनी मैनाली भट्टराईको एकल इजलासले वडाध्यक्ष अधिकारीलाई सो आदेश गरेको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए।

अधिकारीका अनुसार जातीय तथा अन्य सामाजिक छुवाछूत र भेद्भावसम्बन्धी (कसूर र सजाय) ऐन, २०६८ को दफा ७ बमोजिम फैसला भएको हो । सो दफामा जातीय विभेद गरेको ठहरिएमा पीडकलाई तीन महिनादेखि तीन वर्षसम्म कैद र रु ५० हजारदेखि रु दुई लाखसम्म जरिवानाको व्यवस्था छ ।

सो दफा अनुसार तीन महिना कैद सजायको व्यवस्था रहेपनि वडाध्यक्ष अधिकारी सार्वजनिक पद धारण गरेको व्यक्ति भएकाले ५० प्रतिशत थप सजाय भएको सूचना अधिकारी अधिकारीले बताए। पोखरा– २४ का वडा सदस्य मैया नेपालीले विसं २०७९ माघ ५ गते जिल्ला अदालत कास्कीमा अधिकारीविरुद्ध जातिय भेदभाव तथा छुवाछूतसम्बन्धी कसुरमा मुद्दा दर्ता गराएका थिए। यसैगरी पीडित नेपालीलाई अधिकारीले रु १० हजार क्षतिपूर्ति बुझाउनुपर्ने अदालतको फैसला छ ।

वडाध्यक्ष अधिकारीले सार्वजनिक कार्यक्रममै आफूमाथि जातीय विभेदजन्य गाली गलौज गरेको भन्दै नेपालीले जिल्ला प्रहरी कार्यालय कास्कीमा गत वर्ष पुस २४ मा जाहेरी दर्ता गराएका थिए । नेपालीको किटानी जाहेरीपछि अधिकारी पुस २६ मा पक्राउ परेर माघ ९ मा रु एक लाख ५० हजार धरौटीमा रिहा भएका थिए।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहीबार  ९ : ३१ बजे

कर्णालीमा सात वर्षमा पाँच हजार ४६५ सवारी दुर्घटना, ८४२ जनाको मृत्यु

सुर्खेत । कर्णाली प्रदेशमा सात वर्षयता भएका सवारी दुर्घटनामा परी

रवि लामिछानेले कास्की जिल्ला अदालतमा तारेख धाउन नपर्ने

पोखरा- कास्की जिल्ला अदालतले रवि लामिछानेले तारेख धाउनु नपर्ने आदेश

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक भोलि पनि

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बुधबार बिहान ११ बजे

जलवायु परिवर्तनले अष्ट्रेलियाका वन्यजन्तु र वातावरणमा तीव्र क्षति : प्रतिवेदन

क्यानबेरा – अष्ट्रेलियाको वातावरण सन् २०२५ मा औसतभन्दा राम्रो देखिए

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु भएको